ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिन काँग्रेसको आग्रह


एबीसी न्यूज

काठमाडौं २७ असार । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अल्पमतमा परिसकेको भन्दै राजीनामा दिन माग गरेको छ ।

काँग्रेस संसदीय दलका नेता एवम् बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा ९तामाङ० ले सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले सरकार अल्पमतमा परेको नयाँ सरकार गठनका लागि मुख्यमन्त्री जम्कट्टेललाई मार्गप्रशस्त गरिदिन आग्रह गर्नुभएको हो ।

काँग्रेस संसदीय दलका नेता लामाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, मुख्यमन्त्रीले राजनीतिलाई सहज रूपमा अगाडि बढाउन र सहमतीय सरकार गठन गर्न तत्काल मार्गप्रशस्त गरिदिनुहुन हार्दिक आग्रह गरेको छ।

मुलुकको बदलिँदो राजनीतिक परिवेशमा राजनीतिक स्थायित्व र संविधानमा समयानुकूल संशोधन गर्न सङ्घ र सात वटै प्रदेशमा सहमतिको सरकार गठन गर्ने सङ्कल्पका साथ पहिलो र दोस्रो पार्टी नेपाली काँग्रेस र एमालेबिच अनपेक्षित नयाँ समीकरण निर्माण भएकाले यो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने भन्दै काँग्रेस संसदीय दलका नेता लामाले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

यसअघि एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले कामचलाउ हैसियतमा पुगिसकेको बागमती प्रदेशको वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्रीलाई यथाशीघ्र राजीनामा गरी सहमतीय सरकार निर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com