काठमाडौं २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका निस्कासित महामन्त्री मुकुल ढकालले पार्टी उपसभापति एवं श्रममन्त्री डीपी अर्यालले पार्टीलाई दिएको पैसा सिधै आफ्नो खल्तीमा राख्ने गरेको आरोप लगाएका छन् ।
पार्टी महामन्त्रीबाट निस्कासित भएपछि बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले रास्वपाभित्र ठूला आर्थिक अपारदर्शिता रहेको उल्लेख गरे । डीपी अर्यालले साथीहरले दिएको पैसा पार्टीलाई नदिइकन सिधै आफ्नो खल्तीमा राख्नुभएको छ, ढकालले भने, दुई साताअघि पनि त्यस्तो भएको छ ।
कानुनअनुसार पार्टीले ऋण लिन नपाउने प्रावधान रहेको भन्दै आफूले सम्झाउँदा पनि अर्यालले पार्टीको ऋणको नाममा पैसा कारोबार गर्ने गरेको ढकालको आरोप छ । आर्थिक पारदर्शिताको कुरा गरिएको छ । आर्थिक हिसाबकिताब क्लियर गर्नुपर्छ । डीपी अर्यालले साथीहरुले दिएको पैसा पार्टीलाई नदिइकन सिधै आफ्नो खल्तीमा राख्नुभएको छ, ढकालले भने, ऋण भन्दै दुई साताअघि पनि त्यस्तो गर्नुभएको छ ।ु
उनले पार्टीसँग रसिदबिना कारोबार नगर्न अनुरोध गरेका छन् । आर्थिक हिसाबकिताब पारदर्शी हुनुपर्छ । को व्यक्तिले कति पैसा दियो रु सामान किनबेचबाट कति प्राप्त भयो क्लियर हुनुपर्छ,ु ढकालले भने ।








प्रतिक्रिया दिनुहोस्