काठमाडौं २५ असार । प्रतिनिधि सभाले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ ।
मङ्गलबारको प्रतिनिधि सभा बैठकले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो ।
बैठकमा प्रधानमन्त्रीको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन९२०७९ साउन–२०८० असार० पेश गर्नुभयो ।
प्रतिनिधि सभाको आगामी बैठक असार २७ गते बिहीबार दिउँसो ४ बजे बस्नेगरी बोलाइएको छ ।








प्रतिक्रिया दिनुहोस्