ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीलाई माओवादी सांसदको प्रश्न : कुन उद्देश्यले सहकार्य तोड्नुभयो ?


एबीसी न्यूज

काठमाडौं २५ असार । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आफ्नो पार्टीसँगको सहकार्य किन तोडिएको भन्‍नेबारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरेका छन् ।

ओलीकै प्रस्तावमा ४ महिना अगाडि एमाले र माओवादीका बीचमा सहकार्य सुरु भएको उल्लेख गर्दै उनले प्रधानमन्त्ती प्रचण्डले ‘के गर्नुपर्नेमा के गर्न सकेनन् र गठबन्धन तोडिएको हो ‘ त्यो पनि बताइदिन भनेका छन् ।

‘मैले यही मञ्चबाट प्रश्न गर्नुपर्छ कमरेड केपी ओलीलाई, यहाँले जुन उद्देश्यसहित सहकार्य सुरु गर्नुभयो । अहिले कुन उद्देश्यले केन्द्रित भएर सहकार्य तोड्नुभयो रु’ मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै दाहालले भने ।

चार महिना अगाडि नै कम्युनिस्ट जनमतल निराश भएकाले सहकार्य गरौं भनेर एमाले अध्यक्ष ओलीले प्रस्ताव गरेको र उक्त प्रस्तावलाई माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले स्वीकार गरेको बताए ।

 

तर, अहिले आएर सहकार्य तोडिनुको स्पष्ट कारण थाहा पाउन नसकेको उनले बताए । नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति नै गठबन्धन तोडिएको हो भन्ने उनको प्रश्न छ ।

वा नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विषय अगाडि बढेपछि गठबन्धन फेरिएको हो भन्ने उनको प्रश्न छ ।

ओलीले विगतमा पनि सरकारको नेतृत्व गरेको र झण्डै दुई तिहाइ बहुमतसहितको सरकारको नेतृत्व समेत गरेको बताए । ‘उहाँ सरकारमा जाादा ७ खर्ब ऋण थियो । सरकारबाट फर्किँदा १८ खर्ब पुग्यो । ११ खर्ब ऋण नेपालको बढेको छ’ सांसद दाहालले भने ।

ओली नेतृत्वको सरकारकै पालामा भएको भ्रष्टाचारका फाइलहरु समेत खुल्न थालेपछि सरकार फेरिएको हो भन्ने उनको आशंका छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com