काठमाडौं २४ असार । नेपाली कांग्रेसका सांसद शान्ति विकले कांग्रेसका सभापति शेरबहादुर देउवाको इमान्दारीतालाई कमजोरी नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद विकले यस्तो चेतावनी दिनुभएको हो ।
उहाँले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई दिएको बचनमा पूर्णरुपमा प्रतिवद्ध र स्पष्टता, छलकपट नगर्ने, आफ्नो बचनको महत्त्व बुझ्ने नैतिक मूल्य र सिद्धान्तमा आधारित निर्णय गर्ने इमान्दार व्यक्ति भएको बताउनुभयो ।
सांसद विकले कांगे्रस सभापति देउवाको इमान्दारितालाई प्रधानमन्त्री प्रचण्डले कमजोरी ठान्नु गलत भएको जिकिर गर्नुभयो । उहाँले सत्ताका लागि सबैभन्दा पहिला बालकोटको बाटो देखाउने प्रधानमन्त्री प्रचण्ड नै भएको भन्दै देउवाको कुनै दोष नभएको बताउनुभयो । उहाँले प्रधानमन्त्री दाहाल बालकोट र बुढानीलकण्ठ ओहोरदोहोर गरिरहन पाउने तर देउवा बालनकोट जान नपाउने हो रु भन्दै प्रश्न गर्नुभयो ।
‘‘२६ वर्षदेखि मैले चिनेको दलको नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई दिएको वचनमापूर्ण रुपमा प्रतिवद्ध र स्पष्टता छलकपट नगर्ने, आफ्नो वचनको महत्त्व बुझ्ने नैतिक मूल्य र सिद्धान्तमा आधारित निर्णय गर्ने इमान्दार व्यक्तिको रुपमा चिनेको छु ।,’’ सांसद विकले भन्नुभयो, ‘‘मलाई यो नाम माथि गर्व छ । यही इमान्दारितालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोरी ठान्नुभयो । तर उहाँले बालकोटको बाटो देखाउने तपाईं नै हो । यसमा दलको नेताको कुनै दोष छैन । तपाई बालकोट र बुढानीलकण्ठ ओहोरदोहोर गरिरहन पाउने तर देउवा बालकोट जान नपाउने हो रु’’
उहाँले गृहमन्त्रालय एक्सनमा उत्रिएर ठुला दल डराएर एक ठाउँमा आए भन्दै गर्दा २०८० फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन कसले रोक्यो रु भन्दै प्रश्न गर्नुभयो ।
सांसद विकले सहकारीको अर्बौं रकम हिनामिना काण्डमा मुछिएर हालत खराब भएका गृहमन्त्रीले गृहमन्त्रालय फाइल खोल्ने सिरिज जनताकोबिचमा रिलिज हुँदैन भन्ने कुरा अवगत भएको बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्