काठमाडौं, २१ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ ।
आज बिहान ५ बजे सुतिरहेकै ठाउँमा हृदयघात भएपछि अस्पताल लगिएको थियो ।
भक्तपुर अस्पताल पुयाइएलगतै चिकित्सकले मृत घोषणा गरेको हो । ४३ वर्षीय इन्स्पेक्टर थापाको हृदयघात भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले नेपालप्रेसलाई बताए ।
अस्पतालले हृदयघातको कारण मृत्यु भएको भनेको छ । पोस्टमार्टम रिपोट नआइ थप भन्न सकिन्न । उनले भने ।
प्रतिक्रिया दिनुहोस्