ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईयूको सहयोगमा ग्रीन सिफ्ट परियोजनालाई १ करोड २० लाख अनुदान


एबीसी न्यूज

काठमाडौं, २० असार  । युरोपियन युनियन ९ईयू० ले क्रिएसन नेपालले सञ्चालन गरिरहेको ग्रीन सिफ्ट परियोजनालाई १ करोड २० लाख बराबरको अनुदान सहयोग दिने भएको छ ।

क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत प्लास्टिकजन्य फोहोरमैला उद्यम व्यवस्थापनका लागि १ करोड २० लाख बराबरको अनुदान सहयोग ईयूले दिने भएको हो ।

यूरोपिएन यूनियन (ईयू) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत तीन प्रदेशका ६ निजी प्लास्टिकजन्य फोहोरमैला उद्यम सञ्चालन गरी रहेका संस्थालाई उक्त अनुदान हस्तान्तरण गरिने परियोजनाका प्रमुख युनिस घिमिरले बताए ।

बागमती प्रदेशबाट तीन, मधेश प्रदेशबाट दुई र लुम्बिनी प्रदेशबाट एक गरी जम्मा ६ प्लास्टिकजन्य फोहोरमैला उद्यम गरिरहेका निजी संस्थालाई मूल्याकंनका आधारमा उक्त अनुदान प्रदान गरिने उनले बताए । छनौट भएका उद्यमलाई २० लाखका दरले अनुदान प्रदान गरिनेछ ।

‘प्लास्टिकजन्य फोहोरमैला संकलन तथा व्यवस्थापन क्षेत्रमा काम गरिरहेका संस्थाहरूलाई सशक्त बनाउने उद्देश्यले अनुदान प्रदान गर्न लागिएको हो । प्राप्त अनुदान रकमबाट संस्थाले आफ्नो क्षमता अभिवृद्धिसँगै भौतिक पूर्वाधार तथा मेसिनरी उपकरणहरू खरिद गर्न सक्नेछन्,’ उनले भने ।

क्रिएसन नेपालका अध्यक्ष आनन्द मिश्रले यस अनुदानले प्लास्टिकजन्य फोहोरमैला क्षेत्रमा काम गर्ने निजी उद्यमीहरूलाई संस्थागत र प्राविधिक क्षमता अभिवृद्धि गर्न सहयोग हुने विश्वास व्यक्त गरे । स्टार्टअपका लागि सम्भवतः निजीस्तरमा पहिलो पटक यति धेरै अनुदान प्रदान गर्न लागिएको उनले बताए ।

क्रिएसन नेपालले ग्रीनसिफ्ट परियोजना चार वर्ष समयावधिका लागि ३ प्रदेशका ९ स्थानीय तहमा विभिन्न क्रियाकलाप गरिरहेको छ । क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलम्पमेन्ट र यूथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनर छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com