काठमाडौं २० असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्ने ध्यानाकर्षण गराएको छ।
संसद्का दुई ठुला दल मिलेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने समझदारी गरिसेको र त्यसै अनुसार वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता समेत लिइसकेको भन्दै सरकार अल्पमतमा परेको नेकपा एमालेको जिकिर छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै दुई ठूला पार्टी मिल्ने सहमति गरिसकेकाले वर्तमान प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था नरहेको बताएका छन्। उनले यस्तो अवस्थमा दीर्घकालीन असर पर्ने काम नगर्न, नगराउन र नयाँ बन्ने सरकारमा सहभागी हुन समेत प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
‘संसदका दुई ठुला दल नेकपा ९एमाले० र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नरनगराउन नेकपा ९एमाले० सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गर्दछ,’ एमालेको विज्ञप्तिमा भनिएको छ, ‘साथै, राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ।’









प्रतिक्रिया दिनुहोस्