काठमाडौं २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले निलम्बित महामन्त्री मुकुल ढकालको प्रतिवेदन सार्वजनिक गर्दैछ।
कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिवेदन सार्वजनिक गर्न लागेको जानकारी दिए। कावा प्रवक्ता झाले प्रतिवेदन रास्वापाको नभएर डा। मुकुल ढकालको भएको पनि दोहोर् याएका छन्।
सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘हिजो पार्टी कार्यालयमा पत्रकार भेटघाट दौरान तपाईँहरूलाई जानकारी गराए अनुसार र आज यो समूह बनाउँदै गर्दा भने झैं अब म डाक्टर मुकुल ढकाल ज्यू को समीक्षा यात्राको प्रतिवेदन यहाँ सार्वजनिक गर्दैछु। यो प्रतिवेदन रास्वपाको नभएर डा। मुकुल ढकालको हो। यसलाई सार्वजनिक गरेर न्याय गरियोस् भन्ने उनको अनुरोध अनुसार प्रतिवेदनको लिन्क पठाउने कार्यको सहजीकरण मात्र गरेको जानकारी गराउँदछु।’
।








प्रतिक्रिया दिनुहोस्