ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि कांग्रेस–एमालेबिच छलफल


एबीसी न्यूज

काठमाडौं १९ असार । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच छलफल भएको छ ।

केन्द्रमा कांग्रेस एमालेको नयाँ सत्तासमीकरण बन्न थालेपछि प्रदेशमा पनि नयाँ सरकार गठनको कसरत हुन थालेको हो । कांग्रेसको संसदीय दलका नेता कमलबहादुर शाह र एमालेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलबिच छलफल भएको छ ।

केन्द्रमा भएको दुई दलका शीर्ष नेताबिचको सहमति अनुसार प्रदेशमा पनि नयाँ सरकार गठनका लागि छलफल भएको निवर्तमान मन्त्री एवम् कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवाले जानकारी दिनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशमा विकास र सुशासन दिने गरी सरकार गठन गर्ने विषयमा दुवै नेताबिच छलफल भएको बताउनुभयो ।

छलफल सौहार्दपूर्ण र सकारात्मक रहेको प्रदेश सभा सदस्य देउवाको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा अहिले एमालेसमेतको सहभागिता रहेको नेकपा ९एकीकृत समाजवादी० का दीर्घबहादुर सोडारी नेतृत्वमा चार दल सम्मिलित सरकार छ । कांग्रेस, एमालेको संसदीय दलका नेताको छलफलले मुख्यमन्त्रीलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिने निर्णय गरेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठनका लागि २७ जनाको समर्थन आवश्यक पर्ने गर्दछ । कांग्रेसका १८ र एमालेका ११ गरी दुई पार्टीका प्रदेश सभा सदस्य सङ्ख्या २९ पुग्ने गरेको छ । जुन बहुमतभन्दा बढी हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com