काठमाडौं १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का महामन्त्री डा। मुकुल ढकालले एक महिना देशदौडाहपछि तयार पारेको प्रतिवेदन पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको छ।
पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले आफ्नो अभिव्यक्ति स्वतन्त्रता हनन् भएको भन्दै प्रतिवेदन प्रस्तुत गर्न नमानेपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले महामन्त्रीले तयार पारेको प्रतिवेदन पेस गरेका हुन्।
महामन्त्री ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको, अहिलेकै अवस्थामा पार्टी आगामी चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत नसक्ने लगायतका विषय उल्लेख छन्।
पार्टीका सहप्रवक्ता मनीष झाका अनुसार, महामन्त्री झाले बुधबार आफ्नो प्रतिवेदन लाइभ गर्न पाउनुपर्ने अडान लिएका थिए।
तर, पार्टी सभापति रवि लामिछाने, उपसभापति डोल प्रसाद अर्याल, डा। स्वर्णिम वाग्ले, सहप्रवक्ता मनिष झा लगायत २० जना केन्द्रीय सदस्यले अहिले लाइभ गर्न उपयुक्त नहुने बताएका थिए।








प्रतिक्रिया दिनुहोस्