काठमाडौं १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय बालाजुमा बैठक सुरुभएको केन्द्रीय सदस्य दीपक बोहराले बताउनुभयो ।
नेपाली काँग्रेस र नेकपा ९एमाले० विच सत्ता गठबन्धनको नयाँ समीकरण बनेपछि समसामयिक विषय र महासचिव मुकुल ढकालको प्रतिवेदनमा केन्द्रित भएर छलफल हुने बोहराको भनाइ छ ।
प्रमुख दुई दलविच नयाँ समीकरण बन्ने सहमति बनेपछि रास्वपाले सत्ता बाहिर बस्ने निर्णय गरिसकेको छ । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी रास्वपाले नयाँ सरकार गठन भएमा प्रतिपक्षीमा बस्ने जनाएको छ । बैठक बिहान ९ बजेदेखि जारी रहेको बोहराले बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्