ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाले प्रचण्डलाई भने- म ढाँट्न जान्दिनँ, एमालेसँग सहमति भइसक्यो


एबीसी न्यूज

काठमाडौं १८ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै नेताहरूसँग यसबारे चासो राखेका छन्।

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँगको भेटमा देउवासँग भएको सहमति के होरु भनेर सोधेका थिए।

जबाफमा ओलीले देउवासँग ठ्याक्कै सहमति नै भइनसकेको बताएका थिए। ओलीसँग भेटेपछि बसेको पार्टीको पदाधिकारी बैठकमा प्रचण्डले यसबारेमा ब्रिफिङ गरेका थिए।

‘केपीजीले शेरबहादुरजी, तपाईं र मेराबीचमा राष्ट्रिय सहमति गर्ने कुरा भएको छ भन्नुभयो,’ ओलीको भनाइ उद्धृत गर्दै प्रचण्डले बैठकमा भने,‘हामी तीन जनाको बैठक बस्ने कुरा भएको छ।’

तर ओलीको कुरामा कुनै भरोसा नभएको प्रचण्डले बताएका थिए।

‘बिहान चार घण्टा बसेर सबै कुरा मिलाएर निस्किनुभएको हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘मध्यरातमा देउवासँग सहमति नै गरिसक्नुभएछ। हामीमाथि ठूलो घात भयो।’

प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि फोन गरेर पछिल्लो घटनाक्रमका बारेमा बुझेका थिए।

जबाफमा देउवाले एमालेलाई प्रधानमन्त्री दिने सहमतिपत्रमा हस्ताक्षर भइसकेको बताए।

‘मैले ढाँट्न जान्दिनँ। एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरा भएको छ,’ देउवाको जबाफ उद्धृत गर्दै प्रचण्डले भने, ‘अब तपाईंसँग छलफल गर्ने विषय छैन।’

एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएपछि त्यसबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बसेको थियो।

उक्त बैठकमा प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा नदिने निर्णय भएको छ। प्रधानमन्त्री संसदबाट विश्वास मत लिने पक्षमा देखिएका छन्।

सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

बैठकपछि पार्टीका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष निकालिएको जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com