काठमाडौं १६ असार । नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को १० औँ राष्ट्रिय महाधिवेशन आजदेििख सुरु हुँदैछ।२० गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन आज हुने भएको छ। कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने महाधिवेशनमा देशभरिबाट एक हजार ८४७ जना प्रतिनिधि आउने सुनिश्चित भइसकेको सो पार्टीले जनाएको छ।
महाधिवेशन तयारीबारे जानकारी दिन शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेजसमेत तयार भइसकेको जानकारी दिए।
उनले पार्टी विधान अनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय, पदाधिकारी सङ्ख्या २१ जना हुने, पार्टी केन्द्रीय कमिटीले निर्णय गरी सम्मानित नेता र वरिष्ठ नेताको व्यवस्था गरिने जानकारी पनि बताए।








प्रतिक्रिया दिनुहोस्