ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सीआईबीको प्रहरी हौँ’ भन्दै भक्तपुरमा २ करोड लुटपाट


एबीसी न्यूज

काठमाडौं ११ असार ।   भक्तपुरमा २ करोड रुपैयाँ लुटपाट भएको घटनामा पीडितकै मामाको समेत संलग्नता रहेको खुलेको छ।

आफ्नै मामाको योजनामा दुई करोड रुपैयाँ लुटपाट भएको अनुसन्धानका क्रममा खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

मंगलबार चार जनालाई पक्राउ गरेर सार्वजनिक गर्दै प्रहरीले घटना बारे जानकारी दिएको हो।    २०८१ असार ४ गते दिउँसो १ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित डिल्लीबहादुर राउतको घरमा लुटपाट भएको थियो।

३ जना लुटेराको समूह प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को प्रहरी हौँ भन्दै घरमा प्रवेश गरेका थिए। परिवारका सदस्यलाई नियन्त्रणमा लिएर उनीहरूले दराजमा रहेको दुई करोड रुपैयाँ चोरी तथा लुटपाट गरेर फरार भएका थिए।

सोही घटनामा संलग्न चार जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने ३० वर्षका सुजन रसाइली, सिन्धुपाल्चोककै भोटेकोसी गाउँपालिका २ घर भई गोकर्णेश्वरमै बस्ने ३१ वर्षका भिमबहादुर तामाङ, सोही ठाउँका ३८ वर्षका कृष्णबहादुर बोहोरा र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ३ घर भई हाल ललितपुरको इमाडोल बस्ने ३६ वर्षका मुनाराज राई छन्।

रसाइली र तामाङलाई ७ गते नै भक्तपुरको साँगाबाट प्रहरीले पक्राउ गरेको थियो। मुनाराजलाई सोमबार ओखलढुंगाबाट र कृष्णबहादुरलाई सोमबार नै काठमाडौँको महाराजगन्जबाट पक्राउ गरेको उपत्यका उपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए।

पीडितका मामा पोखरी–२ सिन्धुलीका कुलबहादुर खत्री भने हाल फरार छन्।

मामाले अघिल्लो दिन गराएका थिए रेकी
लुटपाटमा डिल्लीबहादुर राउतका मामा कुलबहादुर खत्रीको पनि संलग्नता रहेको प्रहरीको दाबी छ। उनी भने हाल पक्राउ परेका छैनन्। तर लुटेरा समूहलाई उनले नै सूचना दिएको र योजना बनाएको प्रहरीको दाबी छ।

वैदेशिक रोजगारीमा रहँदै कुलबहादुर खत्रीले भान्जा डिल्लीबहादुर राउतको घरमा रकम रहेको कुरा जानकारी दिएको पक्राउ परेका आरेपितहरूले बताएका छन्। डिल्लीबहादुरले सुजन रसाइलीलाई जानकारी दिएको र त्यतिबेलै लुटपाटको योजना बनेको उनले प्रहरी समक्ष बताएका छन्।

लुटपाटको योजना अनुसार २०८१ असार ३ गते मामा कुलबहादुर खत्रीले सुजनलाई डिल्लीबहादुरको घर देखाई रेकी गर्न लगाएका थिए।

असार ४ गते लुटपाट गर्ने योजना अनुसार उनीहरू कौशलटारस्थित नाइभ बर्गर एण्ड पिज्जा पइन्टमा ११ बजे भेला भए।

उनीहरूले त्यहाँ लुटपाट कसरी गर्ने भनेर छलफल गरेपछि घटनास्थलतर्फ लागेका थिए।

सुजन रसाईली, भीमबहादुर तामाङ, मुनाराज राई र कृष्णबहादुर बोहोरा लगायतका व्यक्तिहरू उक्त घरमा गएर ‘सीआईबीका प्रहरी हौँ’ भन्दै परिचय दिएका थिए। उनीहरूले सीआईबीको प्रहरीको परिचय पत्र र खुकुरी समेत देखाएको प्रहरीको दाबी छ। त्यसपछि दराजमा रहेको २ करोड रुपैयाँ लुटपाट गरेर उनीहरू फरार भएका थिए।

लुटेको रकम भिमबहादुर तामाङको गोकर्णेश्वर नगरपालिका ४ माकलबारीमा रहेको डेरामा लगेर ५ जनाले बाँडफाँड गरेका थिए। लुटपाटमा संलग्न सुजन यसअघि अन्य कसुरमा पनि संलग्न रहेको खुलेको छ।

२०७६ कात्तिक ४ गते जिल्ला प्रहरी परिसर काठमाडौँबाट सुन जस्तो पहेंलो धातु देखाई ठगी गरेको र सिन्धुपाल्चोकमा पनि कुटपिट तथा झै–झगडामा पक्राउ परेको पाइएको छ।

ठगी मुद्दामा कारबाही भोगेर छुटेपछि २०८० जेठ ११ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट उनलाई कुटपिट तथा झै–झगडाको गरेको घटनामा अभद्र व्यवहारको कसुरमा सजाय भोगेर छुटेको अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

पक्राउ परेका आरोपीतहरूको साथबाट प्रहरीले ३६ लाख रुपैयाँ बरामद गरेको छ। यस्तै, घटनामा प्रयोग भएको बा प्र ०२–०४०–प ५५३८ र बा प्र ०२–०३३ प ६१७४ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

यस्तै, १० थान मोवाइल, लुटिएको रकम बोक्न प्रयोग गरेको २ थान झोला, लुटपाट गर्दा लगाएका जुत्ता, कपडा र एउटा खुकुरी पनि प्रहरीले बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकारी एसपी काजीकुमार आचार्यले बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com