ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौद्रिक नीतिमा उद्योगी व्यवसायीका सुझावलाई सम्बोधन गर्छौँ : गभर्नर अधिकारी


एबीसी न्यूज

काठमाडौं ११ असार । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कको सीमाभित्र बसेर आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरूका सुझावलाई सम्बोधन गर्ने बताउनुभएको छ । मङ्गलबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल कार्यक्रममा बोल्नुहुँदै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।

गभर्नर अधिकारीले मौद्रिक नीतिका आफ्नै सीमाहरू रहेको भन्दै सीमाभित्र बसेर उद्योगी व्यवसायीहरूको माग सम्बोधन गरिने बताउनुभयो । उहाँले मुलुकको वास्तविक अर्थतन्त्रको अवस्थाका आधारमा मौद्रिक नीति तर्जुमा गरिने जानकारी दिनुभयो ।

गभर्नर अधिकारीले मुलुकको मुद्रास्फीति सहज हुँदा मौद्रिक नीति पनि सरल हुने र मुद्रास्फीति उच्च हुँदा मौद्रिक नीति पनि कसिलो आउनु स्वाभाविक हुने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैङ्कले मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाभन्दा बाहिर नजाने जिकिर गर्नुभयो ।

‘‘मौद्रिक नीति ल्याउँदा मुलुकको अर्थतन्त्रको अवस्था र तथ्याङ्क हेर्नुपर्छ । मुलुकको अर्थतन्त्रको अवस्था र तथ्याङ्कको आधारमा मौद्रिक नीति आउने हो । मुलुकको मूल्यवृद्धि उच्च छ भने मौद्रिक नीति टाइट हुनु स्वाभाविक हो । देशको मुद्रास्फीति सहज कन्फटेवल छ भने मौद्रिक नीति सरल हुनु पनि स्वाभाविक हाब क्षेत्र सन्तुलनले पनि मौद्रिक नीतिलाई असर गर्छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति प्रेडिट्यावलिटीभन्दा बाहिर जान्दैनौँ ।,’’ गभर्नर अधिकारीले भन्नुभयो, ‘‘राष्ट्र बैङ्क प्रेडिक्टटेवल छौँ । हाम्रो पालिसीहरु एकदमै डाडा ड्रिवन हुन्छ । जुन आइएमफमको रिपोर्टमा पनि गरेको विषय हो । व्यवसायीहरूले व्यक्तिगत समस्यालाई जनलाइज गरेको देख्छौँ । धेरै बैङ्कको ऋण लिएर समस्यामा परिएको छ । त्यसबाट कसरी बाहिर निस्कने र राज्य तथा राष्ट्र बैङ्कले केही सहयोग गरिदिन्छ की भन्ने आशा देखिन्छ । त्यो अन्तिम आशा राष्ट्र बैङ्कले ल्याउने मौद्रिक नीतिमा ठोक्याउन खाजीको महसुस गर्छौँ ।’’

उहाँले पछिल्लो समय उद्योगी व्यवसायीहरूका सुझाव र मागहरू व्यक्तिगत समस्यालाई सामूहिक बनाउन खोजिएको बताउनुभयो । उहाँले बैङ्कको धेरै ऋण लिएर समस्यामा परिएका व्यवसायीहरूले बाहिर निस्कन राज्य र राष्ट्र बैङ्कले केही सहयोग गरिदिने आशा राष्ट्र बैङ्कले ल्याउने मौद्रिक नीतिमा ठोक्काउन खोलिएको महसुस भएको भनाइ राख्नुभयो । उहाँले धेरै सुझावहरू आए पनि मौद्रिक नीतिका आफ्नै सीमा भएकाले धेरै हात फैलाएर हाँगा हाल्न सक्ने अवस्था नभएको उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले मौद्रिक नीतिको सीमाभित्र बसेर काम गर्नुपर्ने भएकाले निजी क्षेत्रले पनि बुझ्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँले कतिपय सुझावहरू कर्जाको भ्यालु बढाउन आए पनि तत्काल कर्जाको भ्यालु रेसिया बनाउन सक्ने अवस्था नभएको बताउनुभयो । उहाँले अहिलेको लोन टु भ्यालु रेसिया हुँदा व्यवसायीहरू प्यानिक बनेको भन्दै कर्जाको रेसिया बढाउँदा व्यवसायीहरूले साँचो बुझाउँछु भनेर बैङ्कलाई आउने र पुनः समस्या दोहोरिन सक्ने बताउनुभयो । उहाँले नीति बनाउनेहरूको भूमिका व्यवसायीहरूलाई ऋणमा डुबाउने नभएर व्यक्तिहरूलाई उद्यमी बनाउने र धान्नेसक्ने ऋण दिने खालको वातावरण बनाउने जिकिर गर्नुभयो ।

‘‘मौद्रिक नीतिका आफ्नै सीमा छन् । मौद्रिक नीतिले धेरै हात फैलाउन र हाँगा फैलाउन सक्दैन । सीमाभित्र बसेर हामीले काम गर्ने हो । निजी क्षेत्रले पनि बुझिदिनुपर्छ । कर्जाको भ्यालु बढाउनु प¥यो भन्ने गर्नुभएको छ । अहिलेको यति लोन टु भ्यालु रेसियो हुँदा त मान्छेहरू इन्डेप्थ भएको छ । त्यो भन्दा बढाउने हो भने व्यवसायीहरूले साँचो बुझाउँछु भनेर बैङ्कलाई आउँछन् ।,’’ गभर्नर अधिकारीले भन्नुभयो, ‘‘त्यो समस्या दोहोरिन्छ । पोलिसी मेकरको भूमिका व्यवसायीहरूलाई ऋणमा डुबाउने होइन । व्यक्तिहरूलाई उद्यमी बनाउने, धान्नेसम्म ऋण दिने खालको वातावरण बनाउने हो । त्यसैले मौद्रिक नीतिका विषयमा छलफलहरू गरिरहेका छौँ । व्यवसायीहरूदेखि विज्ञहरूसँगबाट आएका विषयहरू छलफल गरी सम्बोधन गर्ने प्रयास हुन्छ । मौद्रिक नीतिका सीमा छन् ।’’

गभर्नर अधिकारीले ऋण लिन जाँदा कुनैपनि बैङ्कका कर्मचारीहरूले कमिसन मागेको थाहा पाइए तत्काल कारबाही गर्ने बताउनुभयो । उहाँले बैङ्कका कर्मचारीहरूले कमिसन माग्ने गरेको भन्ने गुनासो सुन्नसाथ ऋणीसँग खाता लिङ्क देखिएका कर्मचारीहरूमाथि कारबाही गरिएको बताउनुभयो । उहाँले ऋण लिँदा कुनैपनि सेवाग्राहीसँग कमिसन माग गरिएको भए तत्कालै केन्द्रीय बैङ्कमा सूचना दिन र कमिन लिएको भन्ने व्यक्तिहरूले व्यक्तिको नाम र संस्थाको विवरण दिन माग गर्नुभयो ।

उहाँले कुनैपनि बैङ्कका कर्मचारीहरूले ऋण वा अन्य बैङ्कका सेवा प्रवाहको क्रममा घुस वा कमिसन माग गरेको राष्ट्र बैङ्कमा सूचना दिन आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com