ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्सा वन्यजन्तु आरक्षका सुरक्षाकर्मीलाई कारबाही गर्न सांसद बर्तौलाको माग


एबीसी न्यूज

काठमाडौं ९ असार । नेकपा एमाले का प्रमुख सचेतक महेशकुमार बर्तौलाले पर्सा वन्यजन्तु आरक्षका सुरक्षाकर्मीले स्थानीय सुकबहादर तितुङलाई गोली हानी हत्या गरेको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले हटौँडा उपमहानगरपालिका वडा नम्बर १० निवासी तितुङलाई सो आरक्ष क्षेत्रको पसेको बताए।

त्यहाँको सुरक्षाकर्मीले गोली हानेर हत्या गरेको उल्लेख गर्दै त्यस्तो जघन्य अपराधमा संलग्नमाथि तत्काल कारबाही गर्न सांसद बर्तौलाले सरकारको ध्यानाकर्षण गराएका हुन्।

 

‘पर्सा वन्यजन्तु आरक्षका कर्मचारीले, सुरक्षाकर्मीहरूले, त्यहाँ खटिएका नेपाली सेनाले सुकबहादुर तितुङलगायत त्यहाँका जनताहरुलाई आक्रमण गरे। गोली हानेर सुकबहादुर तितुङलाई हत्या गरे,’ बर्तौलाले भने, ‘त्यहाँका सुरक्षाकर्मीले सामान्य मानवियतान पनि नराखिकन छातिमा गोली ठोकेर हत्या गर्ने सम्मको ठूलो जघन्य अपराध भयो। लोकतन्त्रमा, गणतन्त्रमा यसरी नागरिकलाई दिनदहाडै गोली ठोकेर मारिदिने जे परिस्थिति विकास भयो।’

प्रमुख सचतेक बर्तौलाले पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए। उनले निकुञ्ज, आरक्षण र मध्यवर्ती क्षेत्र आसपासका स्थानीयलाई त्यहाँका प्रशासन, वन्यजन्तुले दुःख दिने गरेको उल्लेख गर्दै त्यस्तो हुन नदिन पनि सरकारलाई ध्यान दिनसमेत आग्रह गरे।

‘दोषी सुरक्षाकर्मीहरूलाई पहिचान गर्ने, कारबाहीको तहमा अघि बढाउने र पीडित परिवारलाई आवश्यक क्षतिपूर्तिका लागि म सम्माननीय सभामुख महोदयमार्फत नेपाल सरकारको गम्भिरताका साथ ध्यानाकर्षण गराउन चाहन्छु । यस्ता दुखद घटना हुन नदिन सरकारको ध्यान पुगोस्,’ उनले भने, ‘अहिले जसरी हत्या भएको छ। यो अपराध कर्ममा जोडिएका दोषी देखिएकासुरक्षाकर्मीहरुलाई कारबाही गर्ने र पर्सा वन्यजन्तु आरक्ष निकुञ्जको वार्डेन सहितको संलग्नतामा सबै घटनाहरु भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com