काठमाडौं ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय समिति बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय, बसुन्धारामा केहीबेर अघिदेखि बैठक बसिरहेको पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराएका छन्।
उनका अनुसार, बैठकमा संसद र सरकारबारे सभापति रवि लामिछानेले संक्षिप्त अपडेट गराउने कार्यक्रम रहेको छ।
त्यस्तै, आजै रास्वपाको पार्टी स्थापना दिवस पनि हो। बैठकमा शुभकामना आदनप्रदानको कार्यक्रम पनि राखिएको उनले जानकारी दिए।
रास्वपाले आजै पार्टी स्थापना दिवस मनाइरहेको छ। बैठक लगत्तै पार्टी कार्यालयमा चियापान कार्यक्रम पनि राखिएको छ।








प्रतिक्रिया दिनुहोस्