काठमाडौं ६ असार । श्री एयरलाइन्सले क्यू ४०० ड्यास ८ विमानबाट भरतपुर विमानस्थलमा सफल परीक्षण उडान गरेको छ।
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकहरुको पहुँच अझ सहज र सुरक्षित गर्ने तथा पूर्व(पश्चिम राजमार्गको केन्द्रविन्दु र व्यापारिक क्षेत्रमा यात्रुहरुको अत्यधिक चापलाई सहज गर्न नियमित उडानको लागि परीक्षण उडान गरिएको श्री एयरलाइन्सले जनाएको छ।
भरतपुर विमानस्थलमा हवाइ सेवा विस्तार गर्न पर्यटन व्यवसायीहरु तथा विभिन्न क्षेत्रबाट विमान सेवा सञ्चालन गरिदिन अनुरोध भएको पनि कम्पनीले जनाएको छ।
‘भरतपुर विमानस्थलमा कम्पनीको अत्याधुनिक क्यानडामा निर्मित क्यू ४०० ड्यास विमानबाट बिहीबार पहिलोपल्ट परीक्षण उडान सम्पन्न गरियो’, कम्पनीले भनेको छ, ‘क्यानडाको तत्कालीन बम्बार्डियर हाल डि हेभिल्यान्ड अफ क्यानडा निर्मित ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरुलाई कम ध्वनि अनुभूति दिने र भरपर्दो क्यानाडाको प्राट एण्ड ह्विएनी कम्पनीबाट निर्मित ५४०० साफट हर्षपावरका पीडब्लुआई५०ए इन्जिन जडित भएको विमान हो।’








प्रतिक्रिया दिनुहोस्