काठमाडौं ५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि प्रक्रिया अघि बढाइएको बताएका छन्।
बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा संसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।
उनले जनशक्ति थप गर्नका लागि आफूले अर्थ मन्त्रालयमा दरबन्दी बढाउने गरी संगठन तथा व्यवस्थापन सर्भेक्षण ९ओएनएम०को कामलाई अघि बढाएको बताए। मन्त्री यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि सांसदहरूको दबाब आवश्यक रहेको पनि बताए।
उनले भने, ‘मैले मन्त्री भएकै दिन स्वास्थ्य जनशक्ति थप्नुपर्छ भनेर निर्णय गरेँ। र त्यसको लागि प्रक्रियाहरु अगाडि बढाएका छौं। अर्थ मन्त्रालयलाई ओएनएमका लागि हामीले प्रक्रिया अघि बढाई सकेका छौं। मलाई लाग्छ–माननीयजीहरूको दबाब र समग्र माननीयजीहरूको चाहना अनुरुप यो प्रक्रिया सरकारले अगाडि बढाउँछ भन्ने मैले विश्वास लिएको छु।’
मन्त्री यादवले सरकारी अस्पतालहरुमा सहज र सुलभ गुणस्तरीय सेवाका लागि आफूले अनुगमनको कामलाई कडाईका साथ अघि बढाएको दाबी समेत गरे।








प्रतिक्रिया दिनुहोस्