ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंका ९ सांसदले चक्रपथ निर्माणबारे दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव


एबीसी न्यूज

काठमाडौं ५ असार । काठमाडौंबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले चक्रपथ निर्माणबारे जरुरी महत्वको प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस सांसद प्रदीप पौडेल प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थकमा कांग्रेस र रास्वपाका सांसद रहेका छन् ।

चक्रपथ निर्माणबारे काठमाडौंका ९ सांसदले दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं उपत्यकाको चक्रपथ दोस्रो खण्ड बिस्तार परियोजना अलपत्र परेकाले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुपरेको प्रस्तावमा उल्लेख छ ।

सडक आसपासबाट निक्लिने धुलो, धुँवा र वातावरण प्रदूषणले आम नागरिकको स्वास्थ्यमा दीर्घकालीन असर परेको हुँदा स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकमा असर परेकाले छलफल गर्नुपर्ने उल्लेख छ ।

विकास निर्माणको कार्यमा ढिलासुस्ती हुँदा राज्य जवाफदेही हुन नसकेको र आम नागरिकमा निराशा बढ्दै गएको कारणले राज्यलाई आफ्ना काम कारबाहीप्रति जिम्मेवार जवाफदेही बनाउनु प्रस्ताव दर्ता गराइएको भनिएको छ ।

संसद्मा चक्रपथ बिस्तार २ वर्षमै गर्नेबारे नेपाल र चीनबीच दुईपक्षीय सम्झौता भएको ५ वर्ष बितिसक्दा पनि काम सम्पन्न नभएको भन्दै त्यसको कारणबारे छलफल गर्नुपर्ने प्रस्तावको कारणमा उल्लेख गरिएको छ ।

ुनेपाल र चीन सरकारबीच विगतमा भएको सम्झौता मुताविक रिङरोड विस्तार कार्य अघि बढ्नेरनबढ्ने निर्क्यौल गरी अघि बढाउन नसक्ने परिस्थिति रहेमा नेपाल सरकारले आफ्नै स्रोतबाट लगानी गरी अविलम्ब विस्तार कार्य अघि बढाउने,ु प्रस्तावमा उल्लेख छ ।

सांसद पौडेलले दर्ता गराएको प्रस्तावका समर्थकमा सांसदहरू गगन थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, राजन केसी, सोबिता गौतम, गणेश पराजुली, अम्बिका बस्नेत र सपना राजभण्डारी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com