काठमाडौं ५ असार । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले कुनै पनि पार्टीको सदस्यता नवीकरण गरेपछि पूर्वराष्ट्रपतिको हैसियतमा सुविधान लिइरहन मिल्छ वा मिल्दैन भन्ने कुराको सरकारसँग जवाफ माग गरेका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेको भन्ने समाचारप्रति इंगित गर्दै पार्टी सदस्यता नवीकरणपछि पनि पूर्वराष्ट्रपतिको हैसियतमा सेवा सुविधा लिन मिल्छ वा मिल्दैन भन्नेबारे सरकारको जवाफ माग गरेका हुन्।
उनले भने, ‘राज्यले सोबारेमा के सोचेको छरु संविधानतः पार्टी सदस्यता नवीकरण गर्न पाइन्छ कि पाइँदैन भन्नेबारेमा सरकारले संसदलाई जवाफ दिनुपर्छ।’








प्रतिक्रिया दिनुहोस्