ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेमिकासँग सम्बन्ध बिग्रिँदा प्रहरी जवानले आफैँलाई गोली हानेको प्रारम्भिक निष्कर्ष


एबीसी न्यूज

काठमाडौं ५ असार । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा खटिएका प्रहरी जवान अजित गोलेले प्रेमिकासँग सम्बन्ध बिग्रिँदा आफैँलाई गोली हानेर आत्माहत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष छ।

बुधबार बिहान दोलखाको मेलुङ गाउँपालिका ४ का प्रहरी जवान २२ वर्षीय गोले संसद् भवनको पश्चिमतर्फको २ नम्बर गेटमा सुरक्षाका लागि हतियारसहित खटिएका थिए। त्यस क्रममा उनले शौचालयमा गएर आफैँलाई गोली हानेका हुन्।

उनले राइफल भुइँमा अड्याएर खुट्टाले निधारमा ताकेर गोली चलाएको प्रहरीको अनुमान छ। सीसीटीभी फुटेजलगायतबाट पनि उनले नै गोली हानेको पुष्टि हुने प्रहरी अधिकारी बताउँछन्।

 

उनी बुधबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि संसद् भवनमा ड्युटीमा खटिएका थिए।

तीन वर्ष पहिले प्रहरी जवानमा भर्ना भएका गोले संसद् भवनमा गत जेठ २८ गतेदेखि खटिएका थिए।

नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भएका गोले संघीय संसद् सुरक्षा बेस नयाँ बानेश्वरमा कार्यरत थिए।

उनले अन्दाजी बुधबार बिहान ८ बजेतिर गेटको बायाँपट्टि रहेको शौचालयमा गएर आफूलाई बोकेको इन्सास राइफलले आफ्नो निधारमा एक राउन्ड फायर गरेका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।

घटनास्थलमा उनको मोबाइल पनि फेला परेको छ। उक्त मोबाइलमा भएको म्यासेजका आधारमा उनले प्रेमिकासँगको खटपटका कारण आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निचोड छ।

शौचालयमा फेला परेको गोलेको मोबाइलमा घटनाकै समयमा एक युवतीसँग कुरा गरेको पनि देखिएको छ।

एसपी अधिकारीले भने, ‘एक महिलासँग कुरा गरेको पनि देखिएको छ। अहिलेसम्म हेर्दा यही कारण उनले आत्महत्या गरेको हो कि भन्ने हाम्रो अनुमान छ। थप अनुसन्धान भइरहेको छ।’

हाल दुबईमा रहेकी ती युवतीसँग उनले करिब ५ महिना पहिले नै इन्गेजमेन्ट गरिसकेको पनि खुलिसकेको छ।

तर इन्गेजमेन्ट गरेर गएकी उनले दुबई पुगेपछि आफूलाई बेवास्ता गरेको भन्दै ती प्रहरी जवानले आफू मर्ने भनेर पनि म्यासेज पठाएको भेटिएको छ।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारागन्ज लगिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com