ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार परिवर्तन हुँदैन : प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौं ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सम्बन्धमा बाहिरी हल्लामा सत्यता नभएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार राम्रैसँग अगाडि बढ्ने दाबी गर्नुभयो ।

“सरकार अगाडि जान्छ । राम्रैसँग जान्छ । बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने रियूमरहरुमा कुनै सत्यता छैन । यो समीकरण राम्रैसँग जाने छ”, सरकारमा रहेका दलहरुबाट सरकार प्रति सार्वजनिक असन्तुष्टिका सन्र्दभमा पत्राकारहरुले उठाएको जिज्ञासामा जवाफ दिँदै प्रधानन्त्रीले भन्नुभयो ।

उहाँले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको निति तथा कार्यक्रम र बजेटका विषयलाई लिएर दिनुभएको असन्तुष्टिलाई पनि ठुलो रुपमा हेर्न नहुने तर्क गर्नुभयो ।

“केपी ओली जीले पनि असन्तुष्टि जस्तो मात्रै पो गर्नुएभएको हो । असन्तुष्टि नै गर्नुभाछैन नि”, प्रधानमन्त्री प्रचण्डको जवाफ थियो । उहाँले पछिल्लो गठबन्धन सरकारको सय दिन सन्तोष जनक रहेको पनि बताउनुभयो ।

“सरकारको सय दिन समग्र रुपमा सन्तोष जनक र राम्रो नै छ । निति तथा कार्यक्रम र वजेट जनताको पक्षमा राष्ट्रको पक्षमा प्रस्तुत भएको छ । यो राम्रैसग प्रतिनिधी सभावाट पारित हुने छ” उहाँले भन्नुभयो ।

उहाँले सरकारले सुशासन, सामाजिक न्याय र सम्वृद्धिका क्षेत्रमा पनि थुप्रै सकरात्मक पहलहरु अगाडी बढाएको धारणा राख्नुभयो । सरकारका सय दिन सन्तोष जनक रहदा रहदै पनि अझै नजभावना अनुसारका कामहरु भने हुन नसकेको उहाँको भनाइ छ ।

“यो ९सरकारको सय दिन ० सन्तोष जनक छ । तर पनि अझै पनि राष्ट्र र जनतको अपेक्षा अनुसार गति दिन आवश्यक छ भन्ने ठानेको छु”, उहाँले स्पष्ट शब्दमा भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा खल्तीमा बोकेर हिँडेको भन्दै दिने अभिव्यक्ति उहाँहरुको पहिचानको अभिव्यक्ति मात्रै भएको प्रधानमन्त्रीको टिप्पणी छ ।

“रविजीले सुरुमै भन्नुहुन्थ्यो आफ्नो पहिचानका निम्ति पनि उहाँहरुले यस्तो कुरा भन्नुपर्ने आवश्यकता होला । तर मैले बुझे अनुसार त्यस्तो केही पनि छैन” उहाँले भन्नुभयो ।

उहाँले अहिले आइजिपी पनि परिवर्तन नहुने धारणा राख्नुभयो ।

“अस्ति तीन जना आइजिपीहरुलाई बोलाएरै मैले भनेको छु । अहिले आइजिपी परिवर्तन हुँदैन तपाईहरु ढुक्कसँग काम गर्नुस् भनेको छु”, उहाँले पत्रकारहरुसँग पनि भन्नुभयो, “आइजिपी परिवर्तन हुन्छ भन्ने कुरा रुमर मात्रै हो ।”

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com