काठमाडौं २ असार । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१र०८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले सुदूरपश्चिम प्रदेश सभामा बजेट पेस गर्नुभएको छ ।
चालू तर्फ ११ अर्ब सात करोड १९ लाख ६३ हजार ९३५ प्रतिशत०, पुँजीगत खर्च १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार ९५५।७२ प्रतिशत०, अन्तर सरकारी वित्त हस्तान्तरणमा २ अर्ब ९२ करोड ७० लाख १० हजार ९९।०५ प्रतिशत०, वित्तीय व्यवस्थापनमा १० करोड ९०।३१ प्रतिशत० विनियोजन भएको छ ।
भौतिक पूर्वाधार विकासका लागि १३ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ । ऊर्जा सिँचाइका लागि ३ अर्ब ६१ करोड छ । सरसफाइ र खानेपानीमा १ अर्ब ९२ करोड बजेट छुट्टयाएको छ । शिक्षा स्वास्थ्यका लागि छ अर्ब ७४ करोड बजेट विनियोजन भएको छ । कृषिमा ३ अर्ब ९ करोड बजेट वन पर्यटन मन्त्रालयका लागि २ अर्ब ४ करोड, आन्तरिक मामिला मन्त्रालयका लागि ३८ करोड ६९ लाख बजेट छुट्टयाएको छ ।
अधिकांश कार्यक्रमहरू विगतकै दोहोर्याएको सरकारले आ।व। २०८१र८२ देखि दलित अधिकार दशक घोषणा गर्ने यहाँका दलितको अवस्था अध्ययन गरी गुरुयोजना बनाउन बजेट छुट्टयाएको छ ।
चालू आव २०८०र८१ मा मा २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट थियो । चालू तर्फ ३२।७९ प्रतिशत, पुँजीगततर्फ ५८।१६ प्रतिशत, अन्तरसरकारी वित्त हस्तान्तरणमा ८।०२ प्रतिशत र वित्तीय व्यवस्थापनमा १।०३ प्रतिशत विनियोजन गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २।२१ प्रतिशतले चालू खर्च बढेको छ ।








प्रतिक्रिया दिनुहोस्