काठमाडौं २ असार । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले सार्वजनिक ऋणले मुलुकको वित्तीय अवस्था कमजोर बन्दै गएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद घिमिरेले चालु खर्च मुलुकले धान्न नसक्ने गरी अत्याधिक रुप वृद्धि भएको बताएका हुन् ।
यही रुपमा चालु खर्च बृद्धि हुँदै जाँदा आगामी पाँच वर्षमा मुलुक आर्थिक रूपमा कमजोर बन्ने सांसद घिमिरेको भनाइ थियो । उनले सार्वजनिक वित्तीय खर्च बढेर २४ खर्ब सार्वजनिक ऋण पुगेको अवस्थामा पनि आगामी आर्थिक वर्षमा अर्थमन्त्रीले ६ खर्ब ऋण थप्ने गरी सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ पुर्याउन लागिएको बताए ।
‘चालु खर्च अत्याधिक बढेर गएको छ । मुलुकले धान्न सक्दैन । पाँच वर्ष भन्दा बढी यो मुलुक चल्दैन । सार्वजनिक वित्तीय खर्च अत्याधिक बढेको छ । २४ खर्ब सार्वजनिक ऋण पुगेको छ । आगामी आर्थिक वर्षमा अर्थमन्त्रीले ६ खर्ब ऋण थप्ने कुरा गर्नु भएको छ । यसरी नै ऋण थपिँदा ३० खर्ब रुपैया ऋण पुग्छ,ु सांसद घिमिरेले भने, ुसावा(ब्याज भुक्तानी लगायतका वित्तीय व्यवस्थापन बढ्छ । त्यो आधारमा खर्च थपिदै जाँदा पाँच वर्ष भन्दा बढी मुलुक कसरी चलाउन सक्छौं रु यसले मुलुक ध्वस्त हुने बाटोतिर अग्रसरता बढाउँदैछ ।ु
सांसद घिमिरेले रणनीतिक सडकमा एक वर्ष बजेट दिने अर्को वर्ष बजेट कट्टा गरी सडक पूर्ण नगर्ने प्रवृत्ति राम्रो नभएको बताए । उनले त्यस्तो गर्नु भ्रष्टाचार भएको बताए ।
सिन्धुलीको कमला नदी नियन्त्रणको नाममा राज्यको धन खेर गरिरहेको सांसद घिमिरेको भनाइ थियो । नदी नियन्त्रणको लागि आवश्यक बजेट व्यवस्थापन गर्न नसक्ने भन्दै नदी नियन्त्रण कार्यालय खारेज गर्न पनि उनले सुझाव दिए । उनले कमला नदी नियन्त्रण कार्यालय र कर्मचारी राखेर राज्यको पैसा दुरुपयोग गर्ने काम बाहेक अरु केही नदेखिएको दाबी गरे ।








प्रतिक्रिया दिनुहोस्