ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बूढीगण्डकी बनाउन विश्वप्रकाशले संसदमा सुनाए जीडीपी अवधारणा


एबीसी न्यूज

काठमाडौं २ असार । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि संसदमा नयाँ प्रस्ताव अघि सारेका छन् ।

मन्त्रालयगत छलफलका क्रममा उर्जा मन्त्रालयका छलफलमा सहभागी हुँदै महामन्त्री शर्माले सरकार ९जी०, डायस्पोरा ९डी० र निजी क्षेत्र ९पी० को सरकार्यको अवधारणा अघि सारेका हुन् । सरकारले आफैं बनाउने घोषणा गरे अनुसार कम्तिमा आठ वर्ष आयोजना बन्न लाग्ने र त्यसका लागि हरेक वर्ष अर्बौं रकम लगानी गर्नुपर्ने अवस्था रहेको उनले सुनाए ।

‘सरकार, डायस्पोरा र निजी क्षेत्र । बुढीगण्डकी आयोजना बनाउन विभिन्न विकल्पहरु आएका छन् । मलाई यो उपयुक्त लाग्यो,’ महामन्त्री शर्माले भने,‘नेपालको समुन्नतिका लागि संसार भरका नेपालीहरु एक हौं भन्ने भावना जरुरी छ ।’ न्यूनतम हजार डलर देखि अधिकतम् २५ हजार डलरसम्म लगानी गर्ने गरी विदेशमा रहेका नेपालीलाई आयोजनामा सहभागी गराउन सकिने उनले सुनाए ।

१२ सय मेघावाटको आयोजना बुढीगण्डकी आयोजना बनाउने लागत तिन खर्ब ९८ अर्ब लाग्ने आकलन गरिएको छ । सरकारले उक्त आयोजनालाई विदेशी कम्पनीलाई दिने निर्णय रद्द गरेर आफैं बनाउने निर्णय गरेको थियो ।

वर्तमान अर्थतन्त्रको क्षमता अनुसार ४ खर्ब एउटा आयोजनामा कसरी खन्याउन सकिन्छ भन्ने प्रश्न रहेको उनले सुनाए । ‘ऋणमा बनाएका पोखरा र भैरहवाको एयरपोर्टले हामीलाई झस्काएको छ । त्यसलाई तिर्नका लागि हामीसँग पैसा छैन,’ शर्माले भने ।

संकटको बेला सरकारले आयोजना निर्माण गर्न सके नागरिकमा मनोबल भने बढ्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com