काठमाडौं ३१ जेठ । किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकार मलको अभाव छैन भन्ने तर किसानले १० किलो भन्दा बढी मल नपाउने अवस्था रहेको बताए ।
भक्तपुरका कृषि उब्जनी हुने मध्यपुर थिमी र बोडे लगायतका किसानहरूले १० किलो भन्दा बढी मल नपाएको परियारको भनाइ थियो । उनले मल अभाव छैन भने पनि बजारमा मल नपाएको भन्दै सरकारले तत्काल किसानलाई मल उपलब्ध गराउनुपर्ने माग गरिन् ।
‘सरकार मलको अभाव छैन भन्छ । तर भक्तपुरका किसानहरू १० किलो भन्दा मल पाउँदैनन् । भक्तपुरको नयाँ थिमी, बोडे कृषि उब्जनी हुने क्षेत्र छ । तर सरकार मल अभाव छैन भन्छ अर्कोतिर मल पाइँदैन, उनले भने, कालोबजारी गरेर मल दिने जति पनि भेटिन्छन् । यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । कृषि उत्पादन बढाउनको लागि मलको व्यवस्था गरोस् ।’








प्रतिक्रिया दिनुहोस्