काठमाडौं ३१ जेठ । बंगलादेशले नेपालको बिजुली किन्ने निश्चित भएको छ । बंगलादेश सरकारको मन्त्रिपरिषद् ९क्याबिनेट० मातहत सार्वजनिक खरिदसम्बन्धी समितिले मंगलबार नेपालबाट ४० मेगावाट बिजुली प्रतियुनिट ८।१७ टाका ९९।२७ रुपैयाँ० मा किन्ने गरी निर्णय गरेको हो ।
बंगलादेशले पाँच वर्षे सम्झौता गरी नेपालबाट बंगलादेश बिजुली लैजान चाहेको छ । नेपालबाट भारत हुँदै बंगलादेश बिजुली निर्यात हुनेछ । नेपालबाट भारतीय भूमि हुँदै बिजुली लैजाँदा भारतलाई शुल्क तिर्नुपर्ने हुन्छ ।
यस्तो शुल्क ०।०५९५ रुपैयाँ हुने बंगलादेशी सञ्चारमाध्यम ‘द डेली स्टार’ ले लेखेको छ । बंगलादेशले भारतीय कम्पनीहरूबाट किन्दै आएको भन्दा नेपालबाट सस्तो मूल्यमा बिजुली पाउने समेत समाचारमा उल्लेख छ ।
बंगलादेशले नेपालबाट ५ सय मेगावाट विजुली किन्न चाहेको छ । नेपाल भारत ढल्केबर(मुजफ्फरपुर क्रस बोर्डर ट्रान्समिसन लाइन र भारत(बंगलादेश(बरामपुर(भेरमारा क्रस बोर्डर ट्रान्समिसन लाइन हुँदै नेपालको बिजुली बंगलादेश जाने छ ।
अब नेपाल, भारत र बंगलादेशका नियामकीय निकायबीच त्रिपक्षीय सम्झौता गरी बिजुली निर्यात सुरु हुने बताइएको छ । सम्झौताको मिति भने अझै तय भएको छैन ।
प्रतिक्रिया दिनुहोस्