ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बूढानीलकण्ठमा थपियो तारे होटल, लेमन ट्री प्रिमियरले पायो पाँचतारे मान्यता


एबीसी न्यूज

काठमाडौं ३१ जेठ । बूढानीलकण्ठ लिमिटेडद्वारा सञ्चालित होटेल लेमन ट्री प्रिमियर बूढानीलकण्ठले पाँच तारे होटेलको मान्यता पाएको छ।

पर्यटन विभागले पाँच तारेको मापदण्ड पूरा गरेकाले होटललाई पाँच तारेको मान्यता दिएको हो। होटेल लेमन ट्री गएको माघ १ गतेबाट सफ्ट लन्च भएर सञ्चालमा आएको हो। चार वर्षदेखि निर्माणाधीन यो होटलको कुल लागत २ अर्ब ६० करोड रहेको छ। लेमन ट्री भारतीय प्रसिद्ध ब्रान्ड हो। यसका विश्वका ८० देशमा १५० भन्दा बढी होटल छन्।

 

२ अर्ब ४० करोडमा निर्माण सम्पन्न गर्ने भनिए पनि कोरोना र आर्थिक मन्दीका कारण २० करोड लागत बढेको होटलका प्रबन्धसञ्चालक बाबुकाजी कार्कीले बताए।

१३ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा १०२ कोठा छन्। होटलमा ५७ वटा ट्विन्स कोठा, ३३ वटा किङ कोठा, ६ वटा जुनियर सुइट रुम, ४ वटा बिजनेस सुइट रुम र २ वटा प्रेसिडेन्टल सुइट छन्। यी रुममा कुल १९० बेड छन्।

त्यस्तै, अल डे डाइनिङ रेस्टुराँ, स्पेसल रेस्टुरेन्ट, ३ वटा मिटिङ रुम, रुफ टप रेस्टुरेन्ट एन्ड बार, हेल्थ क्लब, १ सय ७७ वर्गमिटर र ३१४ वर्गमिटर गरी २ वटा बैंक्वेट हल छन्।

त्यसैगरी केही समयभित्र १८ हजार वर्गफिटको क्यासिनो हल पनि निर्माण भइरहेको जनाएको छ।

होटल सञ्चालकमा प्रबन्धसञ्चालक बाबुकाज कार्कीसहित अध्यक्षमा डा। राजेन्द्र केसी, अम्बिका पौडेल, हरिप्रसाद पाठक, सीए नवराज बुर्लाकोटी, सीए दीपक पाण्डे, जनक भट्ट, दीपेन्द्र श्रेष्ठ र जलेश्वर पाण्डे छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com