ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटना न्यूनीकरण गर्न विद्यार्थीद्वारा जेब्रा क्रसिङ निर्माण


एबीसी न्यूज

काठमाडौं ३० जेठ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नेपाल विद्यार्थी संघ लुम्बिनी आदर्श माविले कावासोती नगरपालिकाका विभिन्न ठाउँमा जेब्रा क्रसिङ निर्माण थालेको छ । जिल्ला ट्राफिक कार्यालयसँग समन्वयन गरी कावासोती नगरपालिकाका भित्री सडकमा रहेका विद्यालयहरू र चोकमा नेविसंघले जेब्रा क्रसिङ निर्माण गरेको हो ।

बढी भिडभाड हुने र सडकमा जेब्रा क्रसिङ नहुँदा दुर्घटना बढ्न थालेपछि विद्यार्थीलाई सजिलो होस् भनेर बाटो क्रस गर्ने स्थानलाई मध्य नजर गर्दै जेब्रा क्रसिङ निर्माण गरिएको आयोजक समितिका सभापति सुजल अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “कावासोती नगरपालिका २ को बि।पी चोक, कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती ८ र लुम्बिनी आदर्श डिग्रीकलेज को भित्री सडक गरी चार ठाउँमा जेब्रा क्रसिङ निर्माण गरिसकिएको छ । अब कावासोती नगर भित्रका १५ विद्यालयहरू र चोकमा जेब्रा क्रसिङ्ग बनाइने छ ।’’

जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख अच्युतराज आर्चायले विद्यालय, बजार क्षेत्र र बढी भिडभाड हुने क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएपछि दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने बताउनुभयो । जेब्रा क्रसिङबाट मात्रै सडक पार गर्नका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाउने ट्राफिक प्रहरीको योजना छ । यात्रुले बाटो क्रस गर्ने क्रममा तीव्र गतिमा आएका सवारी साधनले नदेखेर दुर्घटना हुनसक्ने भएकाले जेब्रा क्रसिङ निमार्ण गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

जिल्ला अध्यक्ष हरि सुवेदी, नेविसंघ पूर्व केन्द्रीय सदस्य आर।सी भट्टराई, पूर्व जिल्ला उपाध्यक्ष लक्षु रिजाल, जिल्ला सदस्यहरू जितु खड्का, हुमन पाण्डे, सुदिप चापागाईँ, नगर सभापति कुमार क्षेत्री, लुम्बिनी कलेज सभापति प्रज्वल क्षेत्री लगायत जेब्रा क्रसिङ निमार्ण मा खटिनु भएको छ । कावासोती नगर मात्र नभई आगामी दिनमा समेत यस्ता गतिविधिलाई जिल्लाका विभिन्न ठाउँमा निरन्तरता दिने जिल्ला अध्यक्ष हरि सुवेदी जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com