ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकुदमन्त्री संसद्‌माअनुपस्थित, कांग्रेसले प्रश्न उठाएपछि कार्यसूचीबाट हटाइयो


एबीसी न्यूज

काठकमडौं २९ जेठ । प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि मंगलबारबाट मन्त्रालयगत छलफल सुरु भएको छ।

मंगलबारबाट सुरु भएको छलफलमा संसद् सचिवालयले युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमाथि छलफल हुने कार्यसूची तय गरेको थियो।

तर, मंगलबारको बैठकमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ उपस्थित भएनन्। मन्त्री श्रेष्ठलाई बैठकमा नदेखेपछि कांग्रेस सांसद रामहरी खतिवडाले आपत्ति जनाए।

‘सम्बन्धित मन्त्रीको उपस्थित हुने व्यवस्था गरिएकोमा खेलकुदमन्त्री उपस्थित भएको देखिएन, त्यसकारण बैठक स्थगित गरेर बैठक सञ्चालन गरियोस्,’ उनले भने।

जुन विषयमा छलफल गर्न थालिएको हो सोही विषयको मन्त्रीबिना बैठक चल्न नसक्ने भन्दै उनले बैठक स्थगित गर्न सभामुखसमक्ष आग्रह गरे।

उनको मागपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले घडी हेर्दै खतिवडाप्रति इसारा गरेका थिए।

लगत्तै सभामुख घिमिरेले युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित छलफलको कार्यसूची हटाएको जानकारी गराए।

‘आजको कार्यसूचीमा रहेको युवा तथा खेलकुद मन्त्रालय सम्बन्धित विनियोजन शीर्षकहरूमाथिको छलफलको मन्त्रीज्यूको उपस्थिति नभएको हुँदा सूचीबाट हटाइएको व्यहोरा जानकारी गराउँदछु,’ सभामुख घिमिरेले भने।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com