ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी मन्त्रिपरिषद् विस्तार, देवकोटा र मनाङेले लिए शपथ


एबीसी न्यूज
जेष्ठ २९, २०८१ मंगलबार  १२ : ३९ बजे

काठकमडौं २९ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रबहादुर पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले मन्त्रिपरिषद्मा मंगलबार दुई मन्त्री थप गरेका हुन्।

नवनियुक्त मन्त्रीद्वय फणीन्द्र देवकोटा र राजीव गुरुङ ९दीपक मनाङे० ले मंगलबारै शपथ पनि लिएका छन्। प्रदेश प्रमुख कृष्णप्रसाद धितालले उनीहरूलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहकाबीच शपथ ग्रहण गराएका हुन्।

 

देवकाटोले ‘फ्लोर क्रस’ गरेर पाण्डेलाई सोमबार विश्वासको मत दिएका थिए भने मनाङेले कित्ता फेर्दै पाण्डेलाई मत दिएका थिए।

देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङेलाई भौतिक पूर्वाधार मन्त्रीको रूपमा शपथ ग्रहण गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

देवकोटा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्र हँसिया–हतौडाबाट विजयी भएका थिए। उनी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता हुन्।

मनाङे भने ६० सदस्यीय प्रदेश सभामा शक्ति जतातिर ढल्कियो, उतैतिर ढल्किँदै आएका छन्। स्वतन्त्र सांसद भए पनि पछिल्लोपल्ट उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com