ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको भारत भ्रमणबारे संसद्‌मा जानकारी गराउन सांसद पन्तले मागे सभामुखको रुलिङ


एबीसी न्यूज
जेष्ठ २९, २०८१ मंगलबार  ११ : ४२ बजे

काठकमडौं २९ जेठ । नेकपा एमालेका सांसद रघुजी पन्तले भारत भ्रमणमा भएका उपलब्धिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा जानकारी गराउन सभामुखबाट रुलिङको माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद पन्तले भारत भ्रमणबाट फर्किएपछि विमानस्थलमा आएर बोलेपनि संसद्मा औपचारिक रुपमा जानकारी गराउनुपर्ने बताए।

‘भर्खरै प्रधानमन्त्री दिल्ली गएर आउनुभयो, हिजो आएर उहाँले एयरपोर्टमा बोलेको कुराहरू अखबारमा हेरेँ, कुनै विषयमा बाँकी छैन, हाम्रो सम्बन्ध मित्रतापूर्ण रुपमा अघि बढेको भन्नुभएको थियो। यसअघि पनि यस्तै यस्तै भन्नुहुन्थ्यो,’ सांसद पन्तले भने, ‘तर, सीमाको समस्या त्यतिकै छ, इपीजीको प्रतिवेदन त्यतिकै छ, भारतसँग थाति रहेका समस्याहरू जस्ताको तस्तै छ। त्यसैले सभामुखज्यूबाट रुलिङ हुनुपर्छ।’

 

साथै, उनले सभामुखको विशेष अधिकार समेत हुने बताउँदै प्रधनमन्त्रीलाई भारत भ्रमणबारे जानकारी गराउनका लागि रुलिङ हुनुपर्ने बताए।

‘प्रधानमन्त्रीले बोलेर आएको चिज बोल्ने पहिलो ठाउँ भनेको संसद् हो, उहाँको भारतीय प्रधानमन्त्रीसँग के के विषयमा द्वीपक्षीय, बहुपक्षीय हितका, सार्कका विषयमा, नेपाल र भारतकाबीचमा बाँकी रहेका विभिनन समस्या समाधान गर्ने विषयमा अखबारमा मात्रै होइन, आजै संसद्लाई सम्बोधन गरेर भारत भ्रमणबारे जानकारी दिनुपर्थ्यो। त्यसैले सभामुखज्यूको ध्यानाकर्षण गर्छु, रुलिङ होस् प्रधानमन्त्रीज्यूको,’ सांसद पन्तले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com