ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तोकिएकै मितिमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन्छ : मन्त्री श्रेष्ठ


एबीसी न्यूज

काठमाडौं २८ जेठ । आगामी मङ्सिरमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल पूर्वाधारको स्थिति बुझ्न युवा तथा खेलकुद मन्त्रालयको टोली सुर्खेत आइपुगेको छ ।

उक्त टोलीले सोमबार बिहान वीरेन्द्रनगर स्थिति निर्माणाधीन गौरवको आयोजना प्रदेश रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कर्णालीले पहिलो पटक यतिठुलो संरचना बनाइरहेको भन्दै प्रशंसा गर्नुभयोे ।

‘‘कर्णालीले जमर्को गरेर १०औँ राष्ट्रिय खेलकुदलाई महोत्सव मनाउन अपिल गर्दछु,’’ उहाँले भन्नुभयोे, ‘‘यही अवस्थामा खेलकुद हुन्छ कि हुन्न भन्ने आशङ्का पनि छ । तर म भन्छु यो प्रश्न नै गलत छ । १० औँ राष्ट्रिय हुन्छ, गर्नुपर्छ ।’’

मन्त्री श्रेष्ठले २०८१ मङ्सिरमा दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने भएकाले पूर्व तयारीका लागि आवश्यक परामर्शका लागि सुर्खेत पुगेर रङ्गशालाको अवलोकन गर्दै तयारीमा जुटेको बताउनुभयो । संरचना निर्माणको सन्दर्भमा सङ्घले बजेट दिन नसकेको उहाँले स्वीकार गर्नुभयो । उहाँका अनुसार केन्द्रले १० करोड छुट्याउन खोजेको थियो । तर बजेट अभावका कारण प्रतियोगितामा मात्रै केन्द्रित गरिएको छ । उहाँले कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरू र सरोकार निकायसँग पनि छुट्टै छलफल गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com