काठमाडौं २७ जेठ । गैडाकोट –२ थुम्सीनजिक नारायणी नदीमा दर्जनौं संख्यामा जेसिभि, एक्साभेटर र टिप्पर प्रयोग गरेर दोहन गरिएको छ। सोही ठाउँबाट नवलपुर प्रहरीले यसअघि १० वटा टिप्पर नियन्त्रणमा लिएको थियो ।
स्थानीय प्रशासनले सचेत गराउँदा समेत नदीमा भएको बालुवा, गिट्टी, ढुंगा निकाल्ने काम रोकिएको छैन । आज विहानदेखि सो नदीबाट जेसिभि, एक्साभेटर र टिप्पर बालुवा, गिट्टी निकाल्नमा व्यस्त रहेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्