ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेसका नवनियुक्त मुख्यमन्त्रीको घोषणा: लगानी सम्मेलन र रंगशाला निर्माण गर्ने


एबीसी न्यूज

काठमाडौं २५ जेठ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेश दिगो विकासको योजना तयार गरी स्वदेश वा विदेशका लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलन गर्ने घोषणा गरेका छन्।

शुक्रबार मधेस प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो घोषणा गरेका हुन्।

‘दिगो विकासको योजना तयार गरी स्वदेश वा विदेशका लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलन गर्ने। मधेसमा सुशासनको जग स्थापित गर्न खोजमुलक पत्रकारिता प्रवद्र्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदार कार्यक्रम सञ्चालन गर्न एवं मधेसमा दर्ता भएका मिडिया कार्यरत पत्रकारहरूको दुर्घटना बीमा गर्ने। मधेसको खेल क्षेत्रलाई गतिशिल बनाउन प्रदेश गौरवका आयोजनाको रुपमा रंगशाला निर्माण गर्ने। प्रदेशस्तरीय खेलाडीलाई प्रोत्साहन भत्ता व्यवस्था गर्ने,’ उनले भने।

 

उनले सहिद तथा घाइते परिवारहरूका लागि प्रतिष्ठानबाट ठोस निर्णय गरेर अघि बढ्ने पनि बताए।

मधेस प्रदेशका १ हजार २७१ वटै वडामा १३६ पालिकालाई लक्षित गरेर बाँझो जग्गा उपयोग गरी नमूना कृषि विकास मोडल लागू गर्न कृषिसम्मुख सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने पनि घोषणा मुख्यमन्त्री सिंहले गरे।
मधेस प्रदेशका प्रत्येक जिल्लामा नमूनाको रुपमा एक एक वटा खुला शैक्षिक पार्ट तयार गर्ने, मधेस प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वासनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने उनले बताए।

‘सहिद तथा घाइते परिवारहरुको विषयमा जुन हाम्रो प्रतिष्ठान छ। त्यो प्रतिष्ठानबाट उहाँहरूको निम्ति ठोस निर्णय गरेर अघि बढ्नेछौँ। मधेस प्रदेशका १ हजार २७१ वटै वडामा १३६ पालिकालाई लक्षित गरेर बाँझो जग्गा उपयोग गरी नमूना कृषि विकास मोडल लागू गर्न कृषिसम्मुख सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने,’ उनले भने, ‘मधेस प्रदेशका प्रत्येक जिल्लामा नमूनाको रुपमा एक एक वटा खुला शैक्षिक पार्ट तयार गर्ने।

मधेस प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वासनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने। वैदेशिक रोजगारबाट सिप सिकेर फर्किएका जनशक्तिको लागि निर्माण गरी श्रम बैंकका रुपमा परिचालन गर्दै सिपलाई रोजगारसँग जोड्ने कार्यक्रम ल्याउने।’

उनले मधेसमा सुशासनको जग स्थापित गर्न खोजमुलक पत्रकारिता प्रवर्द्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदार कार्यक्रम सञ्चालन गर्न एवं मधेसमा दर्ता भएका मिडिया कार्यरत पत्रकारहरुको दुर्घटना बीमा गर्ने घोषणा गरे।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com