ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सौर्य गठबन्धनमा आवद्ध हुने सम्झौता संसदबाट अनुमोदन


एबीसी न्यूज

काठमाडौं २४ जेठ । अन्तराष्ट्रिय सौर्य गठबन्धन ९आईएसए० को स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएको छ ।

बिहीबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सम्झौता अनुमोदनका लागि पेश गरेका थिए । जसलाई प्रतिनिधिसभाको बहुमतले अनुमोदन गरेको हो ।

सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बस्नेतले सम्झौता अनुमोदनपछि सौर्य ऊर्जा प्रविधिमार्फत ऊर्जा पहुँच बढाउन सहयोग पुर्‍याउने बताए ।

ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासका रुपमा आईएसए स्थापना भएको मन्त्री बस्नेतले बताए ।

 

नेपालको पहिलो प्राथमिकता जलविद्युत नै रहेको तर, जलविद्युतले मात्रै आवश्यकता पूर्ति गर्न सम्भव नभएकाले सौर्य ऊर्जालाई समेत अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

आगामी १२ वर्षभित्र २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको स्मरण गर्दै उनले बर्षायाममा २८ हजार उत्पादन भए पनि सुख्खायाममा ९ हजार मात्रै उत्पादन हुन सक्ने बताए । तर, त्यसबेला नेपालका लागि १४ हजार मेगावाट विजुली कम उत्पादन हुने भन्दै त्यतिबेला सौर्य ऊर्जाले अभाव पूर्ति गर्ने बताए ।

आगामी दुई आर्थिक वर्षमा सौर्य उर्जाबाट एक हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य रहेको पनि उनले सुनाए । अनुमोदन गर्नुअघि छलफलमा भाग लिँदै सांसदहरुले पहिले सम्झौता गर्ने र अनुमोदनका लागि संसदमा ल्याउने विषय उल्टो भएको बताए ।

सम्झौता अनुसार आईएसएको केन्द्रीय कार्यालय भारतको नयाँ दिल्लीमा रहने र यसमा लगानी समेत भारतको रहने आफूले बुझेको सांसद पन्तले बताए ।सौर्य गठबन्धनमा सहभागी भए पनि नेपालले सौर्य ऊर्जाबाट फाइदा लिन चीन वा अन्य देशसँग समेत सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सम्झौताको कतिपय विषयमा नेपालले गम्भीर चासो लिन आवश्यक रहेको बताए । सम्झौताको भाषा हिन्दी, अंग्रेजी र फ्रन्सेली मात्र हुने भनिएको भन्दै उनले सम्झौता अनुमोदन गर्ने सबै देशको भाषा राख्दा के हुन्छ भनेर सोधे ।

नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले सम्झौता गर्दा जे जस्तो प्रक्रिया अपनाए पनि यो गठबन्धनबाट नेपालले फाइदा लिन प्रयास गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले २०१५ मा स्थापना भएको यो गठबन्धनमा आवद्ध हुनु नेपालको हितमा हुने विश्वास रहेको बताए । ‘सोलार इनर्जीबाट हामीले प्रशस्त फाइदा लिन सक्छौं । यो तुलनात्मक रुपमा सस्तो समेत हुन्छ’, उनले भनिन् ।

कांग्रेसकै सांसद नागिना यादवले सौर्य ऊर्जामा नेपालले प्राथमिकता तय गर्नुपर्ने बताइन् । ‘नेपालको स्रोत र प्राथमिकताबारे अध्ययन भएको छ कि छैन रु के गर्दा नेपालका लागि फाइदा हुन्छ भनेर हेनुपर्ने हुन्छ’, उनले भनिन् ।

नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का सांसद प्रेम सुवालले राष्ट्रिय हित हेरेर अगाडि बढ्नुपर्ने सुझाए । चीनको बीआरआईको प्रतिवादमा भारतले आईएसए अगाडि बढाएको भन्दै उनले पर्याप्त छलफल गरेर सम्झौता अनुमोदन गर्नुपर्ने धारणा राखे ।

के हो आईएसए सम्झौता

१४ धारामा समेटिएको यस सम्झौताको संग्रहकर्ता भारत हो । सन् २०१५ मा भारत र फ्रान्सले स्थापना गरेको यो गठबन्धन सौर्य स्रोतमा धनी देशहरुको गठबन्धन हो ।

सौर्य स्रोतमा धनी देशका जनताको समृद्धि, ऊर्जा सुरक्षा र दिगो विकासमा सौर्य ऊर्जाको उपयोग गर्न सहयोग गर्ने गठबन्धनको उद्देश्य हो ।

यो सम्झौताका पक्ष राष्ट्रले आईएसएमार्फत आफ्ना आवश्यकता अनुरुप सौर्य ऊर्जा उत्पादन बढाउन सहकार्य गर्नेछन् । पक्ष राष्ट्रहरुले स्वेच्छिक रुपमा आफ्ना कार्यक्रम मार्फत सौर्य लगानी, सौर्य प्रविधि, नवप्रवर्तन, अनुसन्धान र विकास तथा क्षमता अभिवृद्धि समेतका काम गर्नेछन् ।

आईएसएको सम्पूर्ण कामकाजका सम्बन्धमा निर्णय लिन सदस्य राष्ट्रहरुको सभा रहन्छ । उक्त सभाले महानिर्देशकको चयन र बजेटको अनुमोदन सहितका काम गर्नेछ ।

सम्झौताको धारा ५ अनुसार पक्ष राष्ट्रहरुको सामूहिक कार्यमा सहयोग गर्न अर्को एक सचिवालय रहन्छ । सचिवालयमा प्रमुख कार्यकारी अधिकृतका रुपमा महानिर्देशक रहन्छन् ।

सम्झौताको धारा ६ मा बजेट तथा वित्तीय स्रोतसम्बन्धी व्यवस्था छ । सचिवालयमा आङ्गिक कोष स्थापना गरिएको छ र त्यसमार्फत सचिवालय सञ्चालन र अन्य काम गर्ने सम्झौतामा उल्लेख छ ।

यो कोषमा भारतले सन् २०१६र१७ देखि २०२०र०२१ सम्मका लागि २ करोड ७० लाख अमेरिकी डलर सहयोग गरेको थियो । यसका अतिरिक्त भारतीय ऊर्जा निगम र भारतीय नवीकरण ऊर्जा विकास एजेन्सी नाम भारत सरकारको सार्वजनिक संस्थानहरुले आईएसए कोष स्थापना गर्न १०÷१० लाख अमेरिकी डलर सहयोग गरेका थिए ।

यस सम्झौतामा हस्ताक्षर गरी अनुमोदन, स्वीकृति वा समर्थनको लिखत पेश गर्ने राष्ट्रहरु आईएसएको सदस्य हुन्छन् । राष्ट्रहरुले सम्झौता अनुमोदन गरेपछि त्यसको प्रमाणित प्रतिहरु पठाउनुपर्छ ।

ती प्रतिहरु संग्रहकर्ता राष्ट्र भारतले अन्य पक्ष राष्ट्रहरुलाई पनि पठाउनुपर्छ । कुनै पनि देशले सम्झौता अनुमोदन गरेको प्रमाणित प्रति पठाउँदा तीन वटा भाषा हिन्दी, अंग्रेजी र फ्रान्सेली मात्रै प्रयोग गर्न सक्छन् ।

संघीय संसद सचिवाललयका प्रवक्ता एकराम गिरीका अनुसार कुनै पनि सन्धि सम्झौता अनुमोदनका लागि आएमा प्रतिनिधिसभा वा राष्ट्रिय सभामा दर्ता हुन सक्छ । छलफलपछि अनुमोदन गर्ने प्रस्ताव पारित भएपछि महासचिवले सम्बन्धित मन्त्रालयलाई गराउँछ ।

सौर्य गठबन्धनको वेबसाइटमा उल्लेख भए अनुसार आईएसएमा हाल ९५ राष्ट्र सदस्य छन् । यसको महानिर्देशकमा १५ मार्च २०२१ मा डा। अजय माथुर चयन भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com