ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेसमा लोसपाले साथ नदिए पनि हामीलाई बहुमत पुग्छ: महेशप्रसाद यादव


एबीसी न्यूज

काठमाडौं २३ जेठ । एमाले, माओवादी केन्द्र, जनमतसहितको गठबन्धबाट मधेस प्रदेशको मुख्यमन्त्रीमा दावी पेस गर्ने तयारीमा रहेका जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले आफूहरुको पक्षमा बहुमत जुटिसकेको दाबी गरेका छन्।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। तर, यादवले प्रदेश सभाबाट विश्वासको मत पाउने सम्भावना न्यून देखिएको छ।

आज पाँचौँपटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री  ‘उहाँ ९सरोज यादव०ले विश्वासको मत पाउनु हुन्न,’ महेशप्रसादले केहीबेरअघि नेपालखबरसँग भने, ‘त्यो अवस्थामा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न भन्नुहुन्छ, त्यसपछि हाम्रो गठबन्धनले दाबी पेस गर्ने तयारी छ।’

उनले एकीकृत समाजवादीले समर्थन गरेसँगै विपक्षी गठबन्धनसँग बहुमत पुगिसकेको पनि दाबी गरे।

‘चार दल ९एमाले, जनमत, माओवादी केन्द्र र एकीकृत समाजवादी०का मात्रै पनि सभामुखसहित ५४ जना सांसद छन्,’ यादवले भने, ‘१०७ सदस्यीय प्रदेश सभामा हामीलाई बहुमत जुटाउन ५४ मत नै आवश्यक पर्छ। मतदानमा जाँदा स्वतन्त्र दुई सांसदले पनि हामीलाई साथ दिने बचन दिनुभएको छ।’

उनले नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक(एक जना सांसदले चार दलबीचको गठबन्धनलाई साथ दिने दाबी सुनाए। ‘त्यो अवस्थामा हामीलाई लोसपाको मतबिनै पनि सभामुखबाहेक ५५ सांसदको साथ हुन्छ,’ सांसदको हिसाब गर्दै उनले भने।

एमाले, माओवादी केन्द्र र जनमतबीच मधेस सरकारको नेतृत्व जनमत पार्टीलाई दिने सहमति भइसकेको छ। सोहीअनुसार जनमत पार्टीको तर्फबाट सप्तरीबाट निर्वाचित महेशप्रसाद यादव मधेस प्रदेशको अबको मुख्यमन्त्री बन्ने चर्चा छ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा नयाँ सरकार गठननको लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेश सभामा एमालेको सभामुखबाहेक २४, कांग्रेसका २२, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपा ९(९ र एकीकृत समाजवादीका ७ सांसद छन्।

मधेस प्रदेस सभामा नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका पनि एक(एक प्रदेश सांसद छन्। उनीहरुले पनि कता मतदान गर्छन् प्रष्ट भइसकेको छैन।

नौ सांसद रहेको महन्थ ठाकुर नेतृत्वको लोसपा हालका मुख्यमन्त्री यादवको पक्षमा उभिन्छ कि एमाले माओवादी गठबन्धको पक्षमा उभिन्छ, प्रष्ट भइसकेको छैन।

मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने कि नदिने लोसपाले अझै निर्णय गर्न नसकेको अवस्थालाई इंगित गर्दै यादवले लोसपाले मत नदिए पनि आफ्नो पक्षमा बहुमत पुग्ने दाबी गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com