ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शीर्ष नेताहरूबिच समसामयिक विषयमा छलफल


एबीसी न्यूज

काठमाडौं २२ जेठ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासँग संवाद गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग समसामयिक राजनीतिक सन्दर्भमा छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको शीर्ष नेताको बैठकमा सरकार, संसद्, सङ्क्रमणकालीन न्यायसहित विभिन्न विषयमा छलफल भएको हो । सभापति देउवा र अध्यक्ष ओलीसँगको छलफललगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गर्नुभयो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले संसद् र समितिमा रहेका विधेयकलाई अन्तिम रूप दिने तथा संसद्का कामकारबाहीका सन्दर्भमा छलफल भएको बताउनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि समसामयिक राजनीतिक सन्दर्भमै संवाद भएको जानकारी दिनुभयो ।

डा। महतका अनुसार बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकलाई अन्तिम रूप दिनुपर्ने भएकाले प्रधानमन्त्री प्रचण्डले शीर्ष नेतासँग छलफल गर्नुभएको हो ।

उहाँले कानुन, न्याय तथा मानव अधिकार समितिमा रहेको विधेयक तथा सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको कामसहित सङ्क्रमणकालीन न्यायको सवाललाई कसरी टुङ्ग्याउने भन्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “तर औपचारिक सहमति भइसकेको छैन । छलफल हुँदै छ ।”

एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलसँग प्रमुख प्रतिपक्षी दललाई पनि विश्वासमा लिएर अगाडि बढ्ने अभिप्रायसाथ कानुन निर्माणदेखि समसामयिक सन्दर्भसम्म छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै काम गर्नु छ । सरकार र संसद्मा समझदारीका साथ जानुपर्ने छ । त्यसैले सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका नेताबिच कुनै न कुनै विषयमा सहकार्यको वातावरण बनाउने अभिप्रायले नै उहाँहरूले छलफल गर्नुभएको हो ।”

अध्यक्ष नेपालसँग पनि छलफल

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उहाँहरूबिच प्रदेश सरकारका सन्दर्भमा छलफल भएको हो ।

एमाले प्रमुख सचेतक बर्तौलाले सत्ता साझेदार दलबिचको समझदारीसहित नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा कसरी सामेल गराउने भन्ने सन्दर्भमा शीर्ष नेताबिच छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य समसामयिक सन्दर्भमा छलफल त हुने नै भयो । मुख्य रूपमा छलफल यही विषयमा हो ।”

एकीकृत समाजवादीका उपाध्यक्ष डा। वेदुराम भुसालले कोशी प्रदेश सरकारमा सहभागिता, मधेश प्रदेश सरकार, सुदूरपश्चिम सरकारमा सत्ता साझेदार दलको सहभागितासहित राजनीतिक समझदारीका विविध विषयमा छलफल भएको बताउनुभयो ।

नागरिक उन्मुक्ति सरकारमा जाने

नागरिक उन्मुक्ति पार्टी सङ्घीय सरकारमा सामेल हुने भएको छ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सरकारमा सहभागी हुने विषयमा छलफल भएको जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई गत साता भएको छलफलपछि अध्यक्ष श्रेष्ठले एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा जाने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालय कुन हुन्छ भन्ने कुरा छलफलमै छ । फाइनल भएको छैन तर एक हप्ताभित्रै नागरिक उन्मुक्ति सरकारमा जाने चाहिँ निश्चित हो ।”

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com