काठमाडौं २१ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट प्रकरणबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९मेयर०सँग सोध्न आग्रह गरेका छन्।
सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन्। सञ्चारकर्मीको गिरीबन्धु टीस्टेबारे प्रश्न उठिरहेको छ निरु भन्ने प्रश्नको जवाफ दिँदै उनले मेयर शाहलाई सोध्न आग्रह गरेका हुन्।
मेयर शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टिस्टेटको घोटाला लुकाउन १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउनु भन्दै आरोप लगाएका थिए।
सञ्चारकर्मीहरूको गिरीबन्धु टी स्टेटको कुरा एकदम आइरहेको छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस्।’
सोमबार मेयर शाहले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन सम्पूर्ण राज्य शक्ति लगाएर न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन लागेको आरोप लगाएका थिए।
प्रतिक्रिया दिनुहोस्