ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज


एबीसी न्यूज

काठमाडौं २१ जेठ । कोशी प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले अपराह्न ४ बजे प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने तय भएको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरिसकेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिनुभयो ।

यसैबिच आजको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । यसअघिका बैठकमा नेपाली कांग्रेस अनुपस्थित रहँदै आएको थियो । प्रदेश प्रमुखले संविधानविपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै कांग्रेसले सदनमा उपस्थिति जनाइरहेको थिएन ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बसेको बैठकयता प्रदेश सभामा कांग्रेसले उपस्थिति जनाएको छैन । मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनको फैसला आएपछि मात्र प्रदेश सभा बैठकमा उपस्थित हुने बताउँदै आएको कांग्रेस आजको बैठकमा भने सहभागी हुने भएको हो ।

कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुखयमन्त्री उद्धव थापाले आजदेखिको बैठकमा आफ्नो दल सहभागी हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com