ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘फोटो प्रदर्शनीले इतिहासको पुनर्ताजगी गराएको छ’


एबीसी न्यूज

काठमाडौं २० जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गोरखापत्रको फोटो प्रदर्शनीले इतिहासको पुनर्ताजगी गर्ने काम गरेको बताउनुभएको छ । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

“कतिपय तस्विरहरु आफैंले भोगेका तस्विर राखिएका छन्, कतिपय पुराना इतिहास झल्काउने खालका तस्विर देखें, यसले इतिहासको विभिन्न कालखण्डको स्मरण गराउने काम गरेको छ” उहाँले भन्नुभयो, “गोरखापत्रको यो काम प्रशंसनीय छ, पुर्खाका पालाका तस्विर देख्न पाउँदा खुशी लाग्यो ।” सोअघि उहाँले प्रदर्शनमा राखिएका तस्विरको अवलोकन गर्नुभएको थियो ।

१६ लाख पर्यटक भित्र्याउँछौं

अर्को प्रसङ्मा मन्त्री तामाङले आउने आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउनेगरी सरकारले काम गरिरहेको बताउनुभयो । मुलुकको आर्थिक समृद्धि पर्यटन क्षेत्रको विकाससँग जोडिएकाले त्यसमा केन्द्रित रहेर मन्त्रालयले काम गरिरहेको उहाँको भनाइ छ ।

“यसअघि कोभिडका कारण पर्यटक आउने सङ्ख्या घटेको थियो, सन् २०२३ मा १० लाख पर्यटक मात्र नेपाल आउनुभएको थियो, सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ काम भइरहेको छ” मन्त्री तामाङ्ले भन्नुभयो । नेपालमा आउने धार्मिक तथा सांस्कृतिक पर्यटकको सङ्ख्या बढी रहेको मन्त्री तामाङले बताउनुभयो ।


लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौंमा आउने हिन्दू धर्माबलम्वी पर्यटकको सङ्ख्या धेरै रहेको उहाँले प्रष्ट पार्नुभयो । बाँकी यहाँको प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्नुपर्ने उहाँको भनाइ छ ।

विदेशी पर्यटकको आगमन मुलुकको अर्थतन्त्रसँग जोडिएको विषय भएको चर्चा गर्नुहुँदै मन्त्री तामाङले भन्नुभयो, “विदेशी पर्यटक नेपाल आउँदा विदेशी मुद्रा आर्जन हुने, रोजगारी बढ्ने काम हुन्छ । त्यसैले पनि पर्यटन क्षेत्र समृद्धिको एउटा बलियो आधार हो भन्ने हामीले बुझ्नुपर्छ ।”

सो अवसरमा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, फोटोग्राफी शाखाका प्रमुख रामप्रसाद हुमागाईले मन्त्री तामाङलाई फोटोबारे बिफ्रिङ गर्नुभएको थियो । अध्यक्ष र महाप्रबन्धकले मन्त्री तामाङलाई मायाको चिनोस्वरुप गोरखापत्रको पहिलो अङ्क र परिवर्तित नेपाल पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com