ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीबी, छवि, रवि, कवि जो भए पनि संसदीय समितिले छानबिन गर्छ – गगन थापा


एबीसी न्यूज

काठमाडौं २० जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी संस्था बचत रकम संसदीय छानविन विशेष समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन गर्ने बताएका छन्।

सूर्यदर्शन सहकारीलगायतका सहकारीबाट गोर्खा मिडियाले लिएको रकम अपचलन अभियोगमा समितिले गृहमन्त्री लामिछानेलाई पनि बयानमा बोलाएर कारबाहीका लागि सिफारिस गर्नुपर्ने बताएका हुन्।

गोर्खा मिडिया सञ्चालन गर्ने त्यसका मालिक जीबी होस् कि, छवि होस् कि, रवि होस् कि कवि होस् सबैलाई बोलाएर छानबिन गरी कानूनी कारबाहीको लागि सिफारिस गर्ने महामन्त्री थापाको विश्वास व्यक्त गरे।

 

‘त्यो गोर्खा मिडिया संचालन गर्ने त्यसका मालिक जिवी होस् कि, छवि होस् कि, रवि होस् कि कवि होस् उसलाई पनि बोलाउँछ। बकाइदा बोलाउँछ। छानबिन गर्छ। बयान लिन्छ। सबैभन्दा राम्रो कुरा यसले अन्तिममा भन्छ–कानून बमोजिम कारबाहीको सिफारिस गर्छ,’ उनले भने, ‘नखाएको विष लाग्नुहुँदैन भन्नेमा हामी प्रष्ट छौँ।

यदि नखाएको हो भने यसको विष लाग्न हुँदैन। समितिका बसेका सबै साथीहरूबाट हामी त्यही भूमिकाको अपेक्षा गर्दछौँ। हाम्रो तर्फबाट जानु भएका साथीहरुले पनि त्यही नै काम गर्नुहुन्छ।’

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सो छानविन समितिका बसेका सबै सदस्यहरुले त्यसका लागि जिम्मेवार भएर काम गर्ने अपेक्षा समेत आफ्नो पार्टीले गरेको पनि बताए।

महामन्त्री थापाले गोर्खा मिडियामा सहकारीबाट आएको सबै रकमको पनि समितिले छानबिन गर्नुपर्ने बताए।

‘हामीले उठाएको विषय माननीय गृहमन्त्रीसँग जोडिएको छ। हामीले त सिधा नाम नै राखेर छलफल गरौँ भन्यौँ। सुन्न त हामीले अन्तराष्ट्रिय समिति नै बनाउन तयार छौ भन्ने सुनिएकै हो। तर बन्द कोठामा मान्नुभएन। अनि हामीले सोच्यौं–भात जसरी खाएपनि उही हो। त्यसैले सुर्य दर्शन लगायतका सहकारीहरु जसबाट गोर्खा मिडियामा रकम गएको छ,’ उनले भने, ‘त्यो रकम एक रुपैयाँ गएको पनि गैरकानूनी हो। त्यो गैरकानूनी रकम प्रवाह भएको बारेमा अध्ययन हुन्छ। यो समितिले सहकारीको खाता पनि पल्टाउँछ। गोर्खा मिडियाको खाता पनि पल्टाउँछ। खाता मात्रै पल्टाउँदैन।’

महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई उन्मुक्ति दिनुपर्ने पक्षमा आफूहरु रहेको बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com