ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयमसेवक बनाउने कार्यको संसदमा आलोचना


एबीसी न्यूज

काठमाडौं २० जेठ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयमसेवक बनाउने कार्यको आलोचना गरेका छन् ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर उनले यस्तो कार्यको आलोचना गरेका हुन् । महिनावारीको समयमा चार दिन ट्राफिक महिलालाई सुविधा दिने विषय सकारात्मक भएता पनि यसका लागि कानुन बनाउनुपर्ने उनको सुझाव छ ।

 

‘उपप्रधानमन्त्रीको ट्विट पढें । ट्राफिकमा काम गर्ने महिलालाई चार दिन पिरियडको समयमा बिदा दिने भन्नुभएको छ । कानुन बनाएर गर्दौ राम्रो । यसलाई हामी धन्यवाद दिन चाहन्छौं’ खतिवडाले थपे, ‘मुलुक हुकुमी शासनमा चल्ने होइन । कानुन अनुसार चल्नुपर्छ । कुनै पनि काम गर्दा कानुन निर्माण गरेर चल्नुपर्छ ।’

यसैसँग जोडिएर खतिवडाले ट्रफिक नियम उल्लंघन गर्नेलाई स्वयमसेवक बनाउने कार्यको आलोचना गरेका हुन् । ‘मापसे गरेका व्यक्तिहरुलाई सडकमा ल्याएर उभ्याउने अरे । यो कुन कानुन र नियममा छ रु’ खतिवडाको प्रश्न छ ।

 

आफूहरु हुकुमी शैलीमा मुलुक चलाउने शासन पद्धतिको अन्त्य गर्न लडेको र फेरि हुकुमी शासनको विरुद्धमा रहने उनले बताए ।

स्वयमसेवी ट्राफिकको रुपमा विदेशी नागरिकहरु, विद्यार्थीहरू, समाजसेवाीहरु समेत देखिने गरेको उल्लेख गर्दै उनले थपे, ‘सबै स्वयमसेवी सडकमा हुने मापसे हो भन्ने भयो भने के हुन्छ रु’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नलिएर उनले पत्रकारिता गरे जस्तो बोलेर शासन नहुने बताए । उनी थप्छन्, ‘मन्त्रालय कानुन अनुसार चलाउनुपर्छ । बोलेर, ट्विट गरेर सरकार चलाउने होइन । कानुन बनाएर काम गर्नुपर्छ । म सभामुखको रुलिङको माग गर्न चाहन्छु ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com