ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदलाई जे लगाए पनि छुट, नागरिकलाई किन रोकावट ? सांसद ईश्वरीदेवी न्यौपाने


एबीसी न्यूज

काठमाडौं २० जेठ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सिंहदरबार र संसद् भवनमा सांसद र नागरिकले लगाउने पोशाकमा समानता नरहेको बताएकी छन् ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले समानताका लागि सरकारको ध्यानाकर्षण गरेकी हुन् ।

न्यौपानेले सबैका लागि समान व्यवस्थाका लागि सभामुख देवराज घिमिरेसँग रुलिङको मागसमेत गरेकी छन् ।

दूरदराजका नागरिकलाई काठमाडौं आउनै गाह्रो हुने र काठमाडौं आएको बेला संसद् भवन हेर्न खोज्दा पोशाकका कारणले समेत समस्या हुने गरेको उनको भनाइ छ ।

पोशाककै कारण संसद् भवनमा पुगेर पनि दर्शकदीर्घामा जानबाट रोकिने गरेको उनले बताइन् ।

किन दर्शकदीर्घामा जानबाट रोकिएको भनेर आफूले प्रश्न गर्दा ‘खुट्टामा चप्पल लगाएका छन् त्यसकारण माथि जान पाउँदैनन्’ भनिएको उनले बताइन् ।

यस्तो जवाफ सुनेर आफू आश्चर्यजनक भएको पनि उनले सुनाइन् । यो सरकारको नियम होला भनेर आफूले मनमा दबाएर राखेको तर, त्यस्ता घटना दोहोरिरहेपछि उठाउनु परेको उनको भनाइ छ ।

यस्तै घटना आफूसँग समेत सम्बन्धित भएको उनले सुनाइन् ।

‘अस्ति म सिंहदरबारमा एउटा भइको बाइकमा जाँदै थिएँ । मैले आफ्नो आईडी देखाएँ, भित्र गएँ । तर, प्रहरी दगुरेर मेरो पछाडि आइराख्यो । म अचम्मित भएँ । उत्रिएर सोधेँ किन दगुरेको रु माननीयज्यू तपाईंलाई होइन, त्यो भाइलाई रोकेको भन्नुभयो’ सांसद न्यौपानेले भनिन् ।

भाइलाई किन रोकेको भन्दा ‘भाइले हाफ पाइन्ट लगाएको छ जान पाउँदैन’ भन्ने जवाफ पाएको र यसबाट आफू अचम्मित भएको पनि उनले सुनाइन् ।

आफूले संसद्‌मा पुरुष माननीयहरूलाई हेरेको र उनीहरूले चप्पल लगाएको पाएको सांसद न्यौपानेले बताइन् । संसद्‌मा मर्यादित ड्रेस लगाएर आउने कति छौं भनेर पनि आफूले नियालेको उनले सुनाइन् ।

उनले प्रश्न गरिन्, ‘हामी साडीम आउँछौं कि, सर्ट, पाइन्ट र कोट लगाएर आउछौं कि रु हामी आफ्नो मातृ ड्रेस लगाएर आउँछौं कि रु यसमा किन आपत्ति रु’

आफूले स्कुल पढ्ने बेलामा फ्रक लगाएको स्मरण गर्दै उनले प्रश्न गरिन्, ‘यो संसद्‌मा कोही फ्रक लगाएर आउनुभएको छ, कोही टि सर्ट र पाइन्ट लगाएर आउनुभएको छ । कोही दम्पर लगाएर आउनुभएको छ । कोही गरारा भन्छ, कोही सरारा भन्छ । हामीलाई सबै छुट अनि जनतालाई चाहिँ त्यसमा बन्देज रु’

नियम बनाउने सांसदहरूलाई जस्तो लगाएर पनि संसद्‌मा जान पाउने छुट किन भन्ने उनको प्रश्न छ । ‘हामी माननीयले जस्तो लगाएर यहाँ आए पनि भयो । नौरङ्गी फेसन लगाएर आए पनि हुन्छ, हामीले केही गर्न नपर्ने’ उनी थप्छिन्, ‘जनताहरू हाफपाइन्ट लगाएर सिंहदरबारमा प्रवेश नपाउने रु चप्पल लगाएर संसद्को दर्शकदीर्घामा जान नपाउने किन रु’

यो अत्यन्तै अप्ठा्यारो विषय भएको उल्लेख गर्दै उनले सभामुखसँग रुलिङको माग गरेकी छन् । सांसदहरू सबै ड्रेस लगाएर हिँड्न पाउने भएपछि जनताले हाफपाइन्ट लगाएर सिंहदरबार र संसद् भवनमा प्रवेश नपाउनुको कारण सरकारले दिनुपर्ने उनको माग छ ।

नेपालका सांसद र मन्त्रीले कस्तो ड्रेस लगाउने भनेर अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर रुलिङ गरिनुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com