ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ८८ जनालाई रोजगारी


एबीसी न्यूज

काठमाडौं २० जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ११ वटा योजनामा ८८ जनाले रोजगार पाएका छन् । कार्यक्रममार्फत सञ्चालित योजनाबाट सडक मर्मत, पदमार्ग र गोरेटो बाटो निर्माण तथा मर्मत सम्भार गरेपछि स्थानीयबासीहरुको यात्रा सहज भएको छ ।

चालु आर्थिक वर्षमा उक्त योजनाहरु सञ्चालन गर्नका लागि गाउँपालिकालाई ५६ लाख ८५ हजार रुपियाँ प्राप्त भएको थियो । कार्यक्रम अन्तर्गत रोजगारीका लागि फाराम भरेका सात सय २९ जनामध्ये ८८ जनाले कम्तीमा ३९ दिनदेखि बढीमा एकसय दिनसम्मको रोजगारी पाएको गाउँपालिकाको रोजगार शाखाका संयोजक सुमित्रा गैरे पौडेलले जानकारी दिनुभयो ।

रोजगार कार्यक्रममार्फत दोबा गोरेटो बाटो निर्माण तथा मर्मत सम्भार,पाती चढाउनेदेखि चिसो पानीसम्म गोरेटो तथा मर्मत सम्भार, बाँझो खर्कदेखि बाँझो ढुङ्गासम्म गोरेटो बाटो निर्माण, किम्ली बराह जाने बाटो मर्मत सम्भार, जरिवाङदेखि छेम्दीसम्म गोरेटो बाटो निर्माण र गुइठे पुल देखि पटारसम्मको बाटो निर्माण तथा मर्मत योजना सम्पन्न भएको छ।

यसैगरी घारखोला नेपानेदेखि पाउद्वार मोटरबाटो सोलिङ निर्माण, अन्नपूर्ण होटलदेखि फलेख घरको गेटसम्म पदमार्ग मर्मत, कोलालिबाङ गोरेटो बाटो निर्माण, थपना सडक तथा गोरेटो बाटो मर्मत सम्भार र छहरे आलडाडाँ गोरेटोबाटो निर्माण तथा मर्मत सम्भार योजना सम्पन्न भएको रोजगार संयोजक पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रम सञ्चालन भएका वस्तीहरुमा ढुङ्गाको सिँढी बनाउने, सडक सोलिङ, गोरेटो बाटो तथा पदमार्ग निर्माण गरिएपछि स्थानीयबासीलाई यात्रा गर्न सहज भएको रोजगार संयोजक पौडेलले जानकारी दिनुभयो । योजनामा संलग्नहरुलाई प्रतिदिन सातसय चार रुपियाँका दरले ज्याला भुक्तानी गरिएको उहाँले जानकारी दिनुभयो । रोजागरी पाउनेमा दलित, जनजाति, एकल महिला र विपन्न परिवारका व्यक्तिहरु संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com