काठमाडौं १८ जेठ । गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेश पौडेल, उज्जल माली, ईमामुल हक र राजु परियारले शुक्रबार ट्राफिक निर्णय उल्लघंन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने निर्णयको विरुद्धमा रिट दायर गरेका हुन्।
गत जेठ १५ गते उपप्रधानमन्त्री समेत रहेका लामिछानेले सडकमा ट्राफिक नियम उल्लघंन गर्नेलाई स्वयंसेवकको रुपमा खटाउन मातहतका निकायलाई निर्देशन दिएका थिए।
उक्त कार्य तत्काल बन्द गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो।
रिटमा सामान्य गल्तीमा समेत सडकमा उभ्याई बलपूर्वक सवारी नियमनको काममा लगाउँदा समग्र चालकहरूको हक हितमा गम्भीर असर परेको दाबी गरिएको छ।
‘प्रहरी प्रशासनबाट भएको कार्यले कानुनी राज्यको उपहास भएको महसुस गरी विपक्षीहरूबाट भए गरेको कार्य प्राकृतिक न्यायका सिद्धान्त विपरीत र संविधानले अवलम्बन गरेका सिद्धान्त एवं मौलिक हकहरूको हनन भएको छ,’ रिटमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस्