काठमाडौं १८ जेठ । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह बालेन० र वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनबीच चर्काचर्की भएको छ।
शुक्रबार बिहान बसेको कार्यपालिका बैठकको सुरुमै वडाध्यक्ष महर्जनले बैठक विषयवस्तुमा प्रवेश गर्नुअघि नै समय लिएर आफ्नो कुरा राख्न थालेका थिए। उनले हिजो बिहीबार० वडा कार्यालयबाट नगर प्रहरीले सम्पूर्ण कागजात उठाएर लगेकोबारे प्रश्न गरे।
‘कामपा वडा नम्बर २२ मा म नहुँदा, मेरो जानकारीबिना नगर प्रहरी आएर ६(७ बोरा फाइल लिएर गयो,’ उनले प्रश्न गर्दै भने, ‘यो २२ नम्बर वडामा मात्रै भएको हो किरु अन्त पनि भएको होरु’
उनले कसको आदेशमा यस्तो भएको र किन भएको भन्दै कार्यपालिका बैठकमा प्रश्न गरे। साथै, सेवाग्राहीलाई कुनैपनि सेवा गर्नका लागि कागजपत्र नहुँदा समस्या भएको पनि बताए।
‘यो डकैतीको शैलीमा के गर्न खोज्नुभएको होरु महानगरमै यो के भएकोरु म पनि जनताले चुनेर आएको मान्छे हो,’ उनले मेयर शाहलाई भने।
त्यसबारे प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जवाफ दिए।
‘त्यो घरबाहल करसम्बन्धी अध्ययनका लागि राजस्व विभागबाट केही फरक देखिएकाले २२ नम्बरमा मात्रै नभइ अरु वडामा पनि आन्तरिक राजस्व विभागसँग सहकार्यमा काम भएको हो,’ उनले जवाफ दिए।
त्यसपछि पुनः वडाध्यक्ष चर्किए।
‘हामी वडावासीलाई कुनै लालपूर्जाको फोटोकपी भएन भने त्यो मात्रै फोटोकपी गरेर पठाउँछौँ,’ उनले भने, ‘तर, के गर्न खोजिएको होरु म प्रतिपक्षी हो ररु म पनि मेयरसाब जस्तै जनताले चुनेर पठाएको जनप्रतिनिधि हुँ।’
महर्जन बोल्दै थिए। उनी न्युरोडको फुटपाथ विस्तारको कुरामा लागे।
उनले प्रश्न गरे, ‘देशकै पपुलर ल्यान्डमा सडक बनाउने कुरा मैले पत्रिकार पढेर थाहा पाउनुपर्नेरु’ त्यसपछि भने मेयर शाह आफैँ प्रतिवादमा उत्रिए।
‘तपाईंको वडामा पत्रिका पढेर थाहा पाउनुभयोरु,’ मेयर शाहले प्रतिप्रश्न गर्दै भने, ‘तपाईंकोमा कि २४ नम्बर वडामारु’
उनले मान्छेलाई हिँड्न गाह्रो भयो, सेक्सुयल ह्यारेसमेन्ट भयो, पाकेटमार बढ्यो भनेपछि विस्तार गर्न लागिएको जानकारी दिए।
‘२४ मा फुटपाथ बढाउँदा तपाईंलाई के समस्या भयोरु’ उनले प्रश्न गरे।
मेयर शाहसँग वडाध्यक्ष महर्जन पनि प्रतिप्रश्न गर्न थाले।
‘उनले फुटपाथको साइज कति चाहिन्छरु थाहा छरु,’ मेयर शाहको प्रश्न थियो।
उनले जवाफमा सडक विभागले आपत्ति जनाएको बताए। मेयर शाहले सडक विभागले बनाएको फुटपाथ नभएको भन्दै महानगरले बनाएको बताए।
उनीहरूबीच बैठकमा झण्डै १५ मिनेटसम्म नोकझोक चलेको थियो।
प्रतिक्रिया दिनुहोस्