काठमाडौं १८ जेठ । नेपाल सरकारका मुख्य सचिव डा। वैकुण्ठ अर्यालले तथ्याङ्कीय कार्यमा संलग्न निकायहरुकाबिच प्रभावकारी समन्वय प्रणाली विकास गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय तथ्याङ्क कार्यालयले आयोजना गरेको ‘तथ्याङ्क प्रणाली विकासका लागि राष्ट्रिय रणनीति उच्चस्तरीय सुझाव सङ्कलन गोष्ठि’ मा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तथ्याङ्कीय कार्यमा संघ, प्रदेश र स्थानीय सरकारका बिचमा समन्वय हुन नसकेको बताउनुभयो ।
उहाँले तथ्याङ्क निकाल्दा शुद्ध रुपमा निकाल्नुपर्ने भन्दै तथ्याङ्क प्रमाणिकरण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय तथ्याङ्क कार्यालयले निकालेको तथ्याङ्क र स्थानीय तहले निकालेको तथ्याङ्क आपसमा नमिलेको भन्दै यसतर्फ सम्बन्धित निकाय सचेत हुनुपर्ने बताउनु भयो ।
‘‘सङ्घीय, प्रादेशिक तथा स्थानीय तथ्याङ्क प्रणाली सुदृढीकरणका लागि आवश्यक पूर्वाधार तयार गर्ने भन्ने । हामीले के ग¥यौँ त भन्दाखेरी त्यो तथ्याङ्क प्रणाली सुदृढ गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्ने त्यो एउटा पाटो त हो । तर हामीले तीन तहको जुन तथ्याङ्कहरु छन्, त्यसको शुद्धता परीक्षणको कुराहरुलाई शुद्धता र प्रमाणिकरणको कुराचाहीँ मुख्य हो कि अब ।,’’ मुख्य सचिव डा। अर्यालले भन्नुभयो, ‘‘अर्को, तथ्याङ्कीय कार्यमा संलग्न निकायहरुका बिच प्रभावकारी समन्वय प्रणाली विकास गर्ने । तथ्याङ्को प्रतिवेदन प्रकाशित भएको एक महिनापछि स्थानीय तहहरुले निकालेको प्रोफाइलमा डाटा फरक छ । यसतर्फ पनि ध्यान दिनुपर्छ ।’’
त्यस्तै, कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय योजना आयोगका सदस्य डा। रामकुमार फुयालले आगामी दिनमा दिगो विकास लक्ष्यसँग सम्बन्धित तथ्याङ्को उत्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले दशौँ वर्ष अघिको तथ्याङ्क प्रयोग गरिने गरेको भन्दै तथ्याङ्कलाई वैज्ञानिक र अनुमानयोग्य पनि बनाउन सक्नुपर्ने बताउनुभयो । उहाँले प्रयोग नहुने खालको तथ्याङ्क निकालिरहनु आवश्यक नभएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्